वासिङटन, २२ फागुन । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामालाई लगाएको आरोप पूरै गलत भएको ओवामाका प्रवक्ताले बताउनुभएको छ ।
पूर्वराष्ट्रपति ओबामाको प्रशासनले राष्ट्रपतीय चुनावको अभियान अघि न्यूयोर्कमा रहेको ट्रम्प टावरको फोन ट्याप गरेको भन्ने आरोपको प्रवक्ता केविन लुइसले खण्डन गर्नुभएको हो ।
तत्कालिन राष्ट्रपति ओबामा र राष्ट्रपतिको कार्यालयका कसैले पनि कुनै पनि अमेरिकी नागरिकको निगरानी गर्न आदेश नदिएको उहाँले दावी गर्नुभयो ।
ट्रम्पले श्रृङ्खलाबद्धरुपमा ट्वीट गर्दै फोन ट्याप गर्नु नराम्रो काम भएको र आफ्ना पूर्ववर्ती एकदमै खराब व्यक्ति भएको उल्लेख गर्नुभएको छ । फ्लोरिडास्थित आफ्नो रिसोर्टमा रहेका बेला ट्रम्पले स्थानीय समयअनुसार शनिबार विहानको ०६ः३० बजे श्रृङ्खलाबद्ध ट्वीट गर्नुभएको थियो ।
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च