
रुपन्देही जिल्लाको सबैभन्दा ठुलो पुरस्कार राशी र पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको यस पटकको उपाधि संकटा क्लवले हात पारेको छ । खेल जितेपछि तिलोत्तमा गोल्डकप उचालेर उत्सव मनाउदै संकटा क्लवका खेलाडीहरु । तस्बिर ः भरत के.सी., रासस, बुटवल
बुटवल, २१ फागुन । रुपन्देही जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि र पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको यसपटकको उपाधि सङ्कटा क्लबले हात पारेको छ ।
आज भएको निकै रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा सङ्कटाले विभागीय त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेर उपाधि हात पार्न सफल भएको हो । उपाधिसँगै सङ्कटाले तिलोत्तमा गोल्डकपसहित नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कार हात पारेको छ । सङ्कटाले पहिलोपटक तिलोत्तमा गोल्डकप जितेको हो ।
आज देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा विभागीय टिम आर्मी भने उपविजेतामै चित्त बुझाउनुपरेको छ । उपविजेताले नगद रु तीन लाख ५५ हजार ५५५ मा चित्त बुझाएको छ । विजेता टिमलाई आजै एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले हस्तान्तरण गर्नुभयो ।
रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा फागुन १२ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका दुई टोलीसहित १० टोलीको सहभागिता थियो । मोसफलकै प्रतिष्ठित गोल्डकपमध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भए पनि पटक–पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्र्यो । गत वर्षबाट प्रतियोगिताले पुनः निरन्तरता पाएको छ ।
खेलमा उत्कृष्ट गोलकिपर सङ्कटाका विनय श्रेष्ठ, हाइ स्कोरर त्रिभुवन आर्मीका दीप लामा, वेष्ट मिड फिल्डर सङ्कटाका निराजन खड्का र वेष्ट डिफेन्स त्रिभुवन आर्मीका टिम क्याप्टेन हिरण्य मगर बन्नुभयो ।
उहाँहरु सबैले रु १५-१५ हजार नगद पुरस्कार पाउनुभयो । वेष्ट कोच सङ्कटाका सल्यान खड्गी बन्नुभयो । उहाँले पनि रु २० हजार नगद पुरस्कार पाउनुभयो । वेष्ट प्लेयर अफ दि टुर्नामेन्ट भने आयोजक रुपन्देही ११ का टिम क्याप्टेन दिलीप क्षेत्री बन्नुभयो । सङ्कटाको जितमा निर्णायक बनेका निराजन खड्काले नगद रु १५ हजारसहित स्कुटर उपहार प्राप्त गर्नुभयो ।
त्रिभुवन आर्मीले विसं २०५४ मा १२ औँ र २०६५ मा १६ औँ तिलोत्तमा गोल्डकपको उपाधि चुमेको थियो । यो वर्षसहित तीनपटक उपविजेतामा चित्त बुझाउनुपरेको छ ।
बुटवल उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन हुने प्रतियोगिता अखिल नेपाल फुटबल सङ्घ (एन्फा), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने