लन्डन । पासा पुच गुठी यूकेले शुक्रवार लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा दूतावासमा एक कार्यक्रमबीच नेपाल सम्वत मनाएको छ । शुक्रवारबाटै नेपाल सम्वत ११३५ शुरु भएको छ । गत ०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारले यसलाई राष्ट्रिय सम्वत घोषणा गरेको थियो । अहिले त क्यालेण्डरमै नामांकित छ ।
पासा पुच गुठी यूकेका महासचिव शिवजी श्रेष्ठको संयोजनमा भएको उक्त कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, यती नेपाली एसोसिएसन यूके अध्यक्ष उमेश मोक्तान, तमुधिं यूके अध्यक्ष कमल गुरुङ, मगर संघ यूके महासचिव बम सूर्यवंशी, नेवा दे दवु नेपालका पूर्व महासचिव पवित्र बज्राचार्य लगायतले नेपाल सम्वतको शुभकामना दिंदै नेपाल सम्वत आफ्नो सम्वत बनाउन सबैमा आग्रह गरे । उनीहरुले प्रवासमा रहे पनि आफ्नो मौलिक संस्कृति संरक्षणमा जोड दिंदै नेपाल सम्वत नेवारी समुदायको मात्र नयां वर्ष हो भन्ने जनमानसबीचको भ्रम चिर्न आवश्यक रहेको समेत औंल्याए ।
पासा पुच गुठी यूके अध्यक्ष महन्तबहादुर श्रेष्ठको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा महासचिव शिवजी श्रेष्ठले स्वागत मन्तव्य दिए । कार्यक्रममा गायक विवेक श्रेष्ठले राजामति कुमति… बोलको नेवारी गीत सुनाए भने सुरेश श्रेष्ठले नेवारी नाच देखाए । संयुक्त श्रेष्ठले नेपाल सम्वतको इतिहासदेखि वर्तमानसम्मका जानकारी प्रस्तुत गरे ।
कलाकार संघ यूकेका अध्यक्ष मनिष श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा भैरव नाच गुठीले देउसी भैलो समेत खेलेको थियो ।
कार्यक्रममा पासा पुच रेडिङका अध्यक्ष सुदर्शन श्रेष्ठ, अल्डरसट अध्यक्ष राजन मल्ल, लन्डन अध्यक्ष कपिल श्रेष्ठ, प्लमस्टिड शाखाका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, वालमुकुन्द जोशी, राजेन्द्र श्रेष्ठ, दूतावास कर्मचारीसहित करिब सय जना उपस्थित थिए ।
यसैबीच रेडिङ, अल्डरसट र प्लमस्टिड शाखाले ति शहरमा आज सांझ म्हः पूजा गर्ने भएका छन् भने लन्डनमा आइतबार हुंदैछ ।
सबै तस्विरहरु गोर्खा क्लव फेसबुकबाट साभार
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती