काठमाडौँ, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले मधेसी दलको माग सम्बोधन गरी निर्वाचनलाई व्यापक सहभागिता र सर्वस्वीकार्य बनाउन सबै दललाई आग्रह गरेको छ ।
पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धुम्रवाराहीमा बसेको पहिलो बैठकले स्थानीय निर्वाचनको स्वागत गर्दै स्थानीय तहको नयाँ संरचनामा पार्टी सङ्गठन विकास गर्न नेता राजेन्द्र लिङदेनको संयोजकत्वमा कार्यदल गठन गरेको पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त बैठकले स्थानीय निर्वाचनमा उम्मेदवार छनोटका लागि विधि र प्रक्रिया तय गर्न पार्टीका अर्का नेता ध्रुवबहादुर प्रधानको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
सो बैठकले पार्टीको भर्खर सम्पन्न महाधिवेशनको व्यवस्थापनमा भएका कमी कमजोरीलाई समीक्षा गर्दै आगामी दिनमा मुलुकको राजनीतिक विकासमा पार्टीले निर्वाह गर्ने रणनीतिकाबारेमा छलफल गरेको छ ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय