लन्डन । बोर्नमाउथ विश्वविद्यालयले नेपाली पत्रकारको सीप अभिवृद्धिका लागि सहयोग गर्ने बताएको छ । विश्वविद्यालय भ्रमणमा गएको नेपाल पत्रकार महासंघ यूके शाखाको प्रतिनिधि मण्डलसित विश्वविद्यालयका अधिकारीहरुले सो आश्वासन दिएका हुन् ।
विश्वविद्यालयका एसोसिएट डिन प्रोफेसर गाइ स्टाकीले नेपाली पत्रकारहरुसंग सहकार्य गर्न आफूहरू तयार रहेको र सहकार्य गरिने क्षेत्रका बारेमा प्रस्ताव ल्याउन आग्रह गरे ।
विश्वविद्यालयका सहकार्य तथा अन्तर्राष्ट्रिय विकास म्यानेजर डा. अलिस्टर मोरिसनले बोर्नमाउथ विश्वविद्यालयमा विद्यार्थीलाई अध्यापन मात्र होइन बजारमा जान योग्यसमेत बनाइने उल्लेख गर्दै नेपालमा पनि विश्वविद्यालयका योजना लान इच्छुक रहेको बताए ।
विश्वविद्यालयका मिडिया स्कुलका एसोसिएट प्रोफेसर डा इनोर थोर्सनले यूकेका नेपाली पत्रकारहरूलाई समूहगत र व्यक्तिगतरूपमा लामो तथा छोटो कोर्स उपलब्ध गराउन विश्वविद्यालय तयार रहेको बताए ।
नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष नरेश खपांगीमगरले यूके तथा नेपालमा कार्यरत नेपाली पत्रकारहरूलाई पत्रकारिताको तालिम, उच्च शिक्षा अध्ययन र अनुसन्धान लगायतका क्षेत्रमा सहकार्य गर्न अनुरोध गरेका थिए ।
उक्त अवसरमा डा थोर्सनले भूकम्पपछि नेपालमा गरिएको ‘नेपाल आफटरसक’ अध्ययन तथा सिनियर लेक्चरर जेमी म्याथ्युले क्राइसिस रिपोर्टिङका बारेमा प्रस्तुति दिएका थिए ।
अध्यक्ष नरेश खपाङ्गीमगरको नेतृत्वमा विश्वविद्यालय भ्रमणमा गएको पत्रकार टोलीमा सल्लाहकार नवीन पोखरेल, वरिष्ठ उपाध्यक्ष श्याम लुइंटेल, उपाध्यक्ष ध्रुवराज अर्याल, महासचिव लीलामान शेरपुन्जा, कोषाध्यक्ष पूर्ण गुरुङ तथा पत्रकारहरू मधुकर गुरुङ, सिद्धार्थ विक्रम क्षेत्री, बीरेन्द्र श्रेष्ठ र यूके नेपाल मैत्री समाजका अध्यक्ष अलान मार्शल स्याङका थिए ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित