लन्डन । ग्रेटर रेडिङ नेपाली समाजको नवौं महाधिवेशन आगामी २५ मार्च, २०१७ मा हुने भएको छ । रेडिङस्थित रेड कार्पेट हलमा महाधिवेशन हुन लागेको हो ।
बिहान ११ बजे देखि हुने उक्त महाधिवेशनले समाजको नयां कार्यसमिति चयन गर्नेछ । नयां कार्यसमिति गठन प्रक्रियाका लागि निर्वाचन कमिटी गठन गरिएको संस्थाका महासचिव ओमकार अधिकारीद्वारा जारी सूचनामा जनाइएको छ ।
निर्वाचन कमिटीको संयोजकमा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार महेश गुरुङ र सदस्यहरुमा पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन बस्नेत, सल्लाहकार बेद लावती र राजेन्द्र श्रेष्ठ तथा पत्रकार दधिराज घिमिरे छन् ।
निर्वाचन समितिले सकेसम्म सहमतिमा नयां कार्यसमिति गठनका लागि पहल गर्ने र सर्वसम्मत हुन नसके संस्थाको विधान बमोजिम स्वतन्त्र निर्वाचन गराउने निर्वाचन समितिका संयोजक महेश गुरुङले जानकारी दिए ।
संस्थाका अध्यक्ष मानबहादुर गुरुङको दुई वर्षे कार्यकाल आगामी मार्चमा सकिंदैछ ।
सन् २००१ मा स्थापित यस संस्थाको नयां कार्यसमिति चयन प्रकियामा भाग लिन १५ मार्चसम्म सदस्यता लिइसकेको हुनु पर्नेछ । साधारण सदस्यता शुल्क ५ पाउण्ड छ भने आजीवन सदस्यता शुल्क ५१ पाउण्ड र श्रीमान श्रीमतिको हकमा १० पाउण्ड थप तिरेर आजीवन सदस्यता लिन सकिने प्रावधान रहेको समाजले जनाएको छ ।
संस्थाको नयां अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष कृष्ण न्यौपाने, उपाध्यक्षमा भिमसेन खड्का र सुशीला गुरुङको नाम चर्चामा छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह