बग्दाद, ९ फागुन । अमेरिकी प्रतिरक्षामन्त्री जेम्स म्याटिस सोमबार औपचारिक भ्रमणको क्रममा इराकको राजाधानी बग्दाद पुग्नु भएको राज्यद्वारा सञ्चालित टेलिभिजन च्यानलले जनाएको छ ।
म्याटिनको यो भ्रमण इराकको मोसुल सहरको पश्चिमी भागबाट इस्लामिक स्टेट आतङ्ककारी विरुद्ध इराक सुरक्षाबलले कारबाही जारी राखी उनीहरुलाई त्यहाँबाट हटाउने कोसिस भइरहेको अवस्थामा भएको छ ।
म्याटिनले इराकी प्रमुख अधिकारीहरु र सैनिक कमाण्डरसँग भेटवार्ता गरी द्वपक्षीय सम्बन्ध र मोसुल सहरमा आएएस समूह विरुद्ध गरिने आक्रमणको विषयमा कुराकानी हुने अनुमान गरिएको इराकिया समाचार च्यानलले बताएको छ । सो समाचार च्यानलले अरु विस्तृत विवरण भने दिएको छैन् ।
इराकमा यस अघिदेखि नै सयौं अमेरिकी सैनिकहरु रहेका छन् ती सैनिकहरुले आइएस आतङ्ककारी समूहविरुद्ध इराकी सैनिकलाई तालिम र सल्लाह दिने गरेका छन् ।
अमेरिकाआवद्ध अन्तर्राष्ट्रिय संयुक्त सैनिकले इराक र सिरियामा आइएसलक्षित हवाई आक्रमण गर्दै आएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान