लन्डन । नेपाली राजदूतावासले ६७ औं राष्ट्रिय प्रजातन्त्र दिवस लन्डनमा एक विशेष समारोह आयोजना गरि सम्पन्न गरेको छ ।
शहीदहरुको सम्मानमा एक मिनेट मौनधारण गरी शुरु भएको उक्त कार्यक्रममा नेपलिज वुमन एसोसिएसन यूके तथा बेलायतका विभिन्न संघसंस्था, पेशा र क्षेत्रसंग आवद्ध महिला प्रतिनिधि तथा दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति थियो ।
सो अवसरमा नेपालमा महिला अधिकार विषयक औपचारिक अन्तरक्रिया पनि आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि व्यवस्थापिका संसद सदस्य डा. आरजु राणा देउवा थिइन् । कार्यक्रममा डा. देउवाले नेपालमा लोकतन्त्र प्राप्तिपछि जनताले प्राप्त गरेका उपलब्धिहरुवारे चर्चा गर्दै वर्तमान संविधानमा अन्तरनिहित महिला हक तथा अधिकारबारे बोलिन् । उनले राष्ट्रनिर्माणका हरेक क्षेत्रमा महिला हक अधिकारको सुनिश्चितता, लैङ्गिक समानता, जातीय भेदभावको अन्त्य, नागरिकता प्राप्ति र महिला जागरणका विषयमा वर्तमान संविधानले प्रत्याभूत गरेका मूलभूत अधिकारहरुका सम्बन्धमा सुसुचित गराउंदै सम्पूर्ण महिला दिदीबहिनीहरुलाई एकजुट भएर आफ्नो हक अधिकारका लागि सधैं अगाडि बढ्न प्रेरणा प्रदान गरिन् ।
सोही अवसरमा प्रमुख अतिथि माननीय डा. देउवाले राजदूत डा. दुर्गा बहादुर सुवेदीद्वारा रचित कविताकृति ‘मनभित्र पनि आकाश हुन्छ’ लगायत तीन कृतिहरु लोकार्पण गरिन् ।
बेलायतका लागि नेपालका राजदूत डा. दुर्गा बहादुर सुवेदीले राष्ट्रिय प्रजातन्त्र दिवसको पुनित दिनले लोकतान्त्रिक गणतन्त्रको उज्यालोमा नेपाललाई आर्थिक समृद्धिको महान गन्तव्यमा पुग्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे । उनले बेलायतवासी समस्त नेपाली दिदीबहिनीहरुमा नेपालको राजनीतिक स्थिरता र सामाजिक विकास एवं शान्ति र समृद्धिप्रति सधैं चिन्ता र चासो रहेको उल्लेख गर्दै समस्त नेपाली दिदीबहिनीहरु संगठित भएर नेपालको आर्थिक विकासमा अघि बढ्न अनुरोध गरे ।
नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष श्रीमती आरती श्रेष्ठले प्रजातन्त्र दिवसले महिला हक अधिकारका क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्दै नारी उत्थानका लागि महिलाहरु एकजुट हुनुपर्ने विचार व्यक्त गरिन् ।
एकसय पचासभन्दा बढि नेपाली महिला उपस्थित रहेको उक्त कायर्कममा नेपाली कविता, गीत संगीत तथा नेपाली सांस्कृतिक नृत्यहरुको प्रस्तुति सहित रात्रिभोज आयोजना गरिएको थियो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई