डब्लिन, ५ फागुन । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बेलायत स्वयं, आयरल्याण्ड र युरोपकै लागि पनि अहितकर रहनेमा आयरल्याण्ड (दक्षिण) का टाओइसिच (प्रधानमन्त्री) एन्डा केन्निले आफ्नो निरन्तर बिश्वास रहेको बताउनु भएको छ ।
ब्रेक्जिट विशुद्ध बेलायतको नीति हो अर्थात युरोपेली संघको पनि एक प्रकारको पछिल्लो नीति पनि हो तर यो आयरल्यान्डको नीति हुँदै नभएको, तर, जनमत सङ्ग्रहको परिणामलाई सदैव सम्मान गर्ने, अब बेलायतले चाहेर पनि ब्रेक्जिटलाई इन्कार गर्न नसक्ने तथ्य आफूले राम्ररी बुझेको डब्लिनमा आयोजित इन्स्टिच्युट अफ इन्टरनेसनल एण्ड युरोपियन एफेयर्सका चिन्तक तथा बिश्लेषकहरुको एक सम्मेलनमा प्रमुख वक्ताका रुपमा प्रधानमन्त्री केन्निले सो विचार ब्यक्त गर्नु भएको हो ।
ब्रेक्जिट बारे उत्तरी आयरल्याण्डको आम जनधारणाबारे बोल्दै प्रधानमन्त्री केन्निले अठार लाख जनसङ्ख्या रहेको उत्तरी आयरल्याण्डमा केबल तीनलाख पचास हजारभन्दा कमले मात्र ब्रेक्जिटको समर्थनमा मत ब्यक्त गरेका, बहूसङ्ख्यक जनताले बिपक्षमा मत दिएका (अर्को शव्दमा भन्ने हो भने युरोपेली संघकै नागरिक भै सकेका) ले युरोपेली संघबाट बेलायतको बहिर्गमन पश्चात् आफ्नो मातृभूमिको समुन्नति र कल्याणमा बाधा अड्चन पैदा हुने हो कि भन्नेमा चिन्ता र चासो ब्यक्त गरिरहेकाले यसको कसरी कदर र मूल्याङ्कन गर्नु पर्छ सो बेलायतका दिग्गजहरुले नै जानून्ू भन्नु भएको छ ।
साथै, समग्र आयरल्याण्डको आर्थिक समुन्नतिमा ब्रेक्जिटले गम्भीर र प्रत्यक्ष खतरा पैदा गर्न सक्ने भनी प्रधानमन्त्री केन्निले चिन्ता ब्यक्त पनि गर्नु भएको छ ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ