
लन्डन । गैर आवासीय नेपाली संघ, बेलायतले १४ फेब्रुअरी २०१७ बाट आफ्नो नयाँ वेवसाइट http://uk.nrna.org शुरु गरेको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको अवधारणा अनुरुप तयार गरिएको उक्त वेवसाइट सञ्चारको एउटा विश्वब्यापी प्लेटफर्म भएको जनाउंदै संघले त्यसबाट विश्वभरका सबै राष्ट्रिय परिषदहरुले अब आ आफ्नै पेज र पोर्टलहरु पाउने जनाएको छ । मुख्य पेज www.nrna.org मा होम पेज देखिनेछ भने आ-आफ्नो देशको वेवसाइट जान ड्रप डाउन मेनुमा गएर आ आफ्नो देशको झण्डामा क्लिक गर्नुपर्नेछ ।
संघका प्रवक्ता खुशी लिम्बुका अनुसार, आइसीसीको निर्देशनमा सचिवालयका कर्मचारीहरु र विभिन्न देशका एनसीसी पदाधिकारीहरुको सक्रियतामा शुरु भएको यो अवधारणा हाल परिक्षणकालमै छ । अहिले भने यूके, अस्टेलिया र अमेरिकाको पेजहरु मात्र उपलब्ध छन् । अन्य देशका एनसीसीको पोर्टलहरु पनि थपिंदै लगिने जनाइएको छ ।
एनआरएनए यूकेको वेवसाइट बनाउन प्रवक्ता खुशी लिम्बु, अध्यक्ष मुछेत्र गुरुङ र कार्यसमितिका मिलन गुरुङ सक्रिय भएर लागेका थिए । यससंगै संघको पुरानो ढांचाको वेवसाइट बन्द गरिएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]