
लन्डन । घाचोक माछापुच्छ्रे समाज यूकेले आइतबार नेपालमा विद्यालय पुनर्निर्माणका लागि मिचेटस्थित तमुधिं यूके भवनमा एक च्यारिटी कार्यक्रम गरेको छ ।
घाचोक माछापुच्छ्रे १ स्थित श्री शारदा उच्च मावि पुनर्निर्माणका लागि आयोजित उक्त च्यारिटीबाट करिब दश लाख रुपैयांको प्रतिवद्धता आएको समाजले जनाएको छ । च्यारिटीमा करिब डेढ सय जना सहभागी थिए ।
समाजका अध्यक्ष दिलरास गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा अध्यक्ष गुरुङले चन्दादाताहरु र सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी थिए तमुधिं यूके सल्लाहकार एवं वरिष्ठ समाजसेवी एकेन्द्र गुरुङ । उक्त अवसरमा शारदा स्कुल कसरी सञ्चालन भयो र पुनर्निर्माण कार्य कसरी बढिरहेको छ भन्नेबारे महिला समाजसेवी नन्दकुमार गुरुङले प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा तमुधिं यूके पूर्व अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ र श्रीमति पवित्रा गुरुङ लगायत गाउंलेहरु सहभागी थिए ।
नारायण गुरुङले सञ्चालन गरेको उक्त च्यारिटी कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत भएको थियो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक