
लन्डन । घाचोक माछापुच्छ्रे समाज यूकेले आइतबार नेपालमा विद्यालय पुनर्निर्माणका लागि मिचेटस्थित तमुधिं यूके भवनमा एक च्यारिटी कार्यक्रम गरेको छ ।
घाचोक माछापुच्छ्रे १ स्थित श्री शारदा उच्च मावि पुनर्निर्माणका लागि आयोजित उक्त च्यारिटीबाट करिब दश लाख रुपैयांको प्रतिवद्धता आएको समाजले जनाएको छ । च्यारिटीमा करिब डेढ सय जना सहभागी थिए ।
समाजका अध्यक्ष दिलरास गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा अध्यक्ष गुरुङले चन्दादाताहरु र सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी थिए तमुधिं यूके सल्लाहकार एवं वरिष्ठ समाजसेवी एकेन्द्र गुरुङ । उक्त अवसरमा शारदा स्कुल कसरी सञ्चालन भयो र पुनर्निर्माण कार्य कसरी बढिरहेको छ भन्नेबारे महिला समाजसेवी नन्दकुमार गुरुङले प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा तमुधिं यूके पूर्व अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ र श्रीमति पवित्रा गुरुङ लगायत गाउंलेहरु सहभागी थिए ।
नारायण गुरुङले सञ्चालन गरेको उक्त च्यारिटी कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत भएको थियो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई