
लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले नेपालका एक्ला डलर अर्बपति विनोद चौधरीसंग लन्डनमा अन्तरक्रिया गर्ने भएको छ । आगामी १९ फेब्रुअरी सांझ आइतबार इष्टकोटस्थित ‘भेन्यू फाइभ रेष्टुरेन्ट’ मा कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा व्यवसायिक अन्तरक्रिया सहित चौधरीको नेपालमा सर्वाधिक विक्री भएको आत्मकथा ‘मेकिङ इट बिगः दि इन्सपायरिङ स्टोरी अफ नेपाल्स् फष्ट बिलिनियर इन हिज वन वर्डस’ को समेत हस्ताक्षर र समिक्षा हुनेछ । पुस्तकमा नेपाल र विश्वमै प्रख्यात वाइवाइ चाउचाउ उत्पादक चौधरी ग्रुपका अध्यक्ष चौधरीको सफलताको कथा र संघर्ष छ ।
चौधरी ग्रुपको बैंकिङ, फाइनान्स, इन्सुरेन्स, हाउजिङ, होटल, रियल स्टेट, इलेक्ट्रोनिक्स, सिमेन्ट, बियर आदिमा लगानी छ । उक्त समूहको इण्डियाको ताज ग्रुपसंग समेत सहकार्य छ । फोर्बस म्यागेजिनले सन् २०१३ मा चौधरीलाई नेपालको एकमात्र डलर अर्बपतिका रुपमा चित्रित गरेको थियो । वाइवाइ चाउचाउ नेपालबाहेक भारतमा मात्र एक अर्ब गोटा विक्री भइसकेको छ । सिजी फुड्सले भारतको राजस्थान राज्यमा फुड पार्क निर्माण र सर्बिया, साउदी अरब र बंगलादेशमा समेत चाउचाउ फ्याक्ट्री विस्तारका लागि काम अगाडि बढाइरहेको छ भने श्रीलंका, रुवान्डा र चितवन राष्ट्रिय निकुन्जभित्र भारतीय ताज होटलको साझेदारीमा न्यू ताज सफारी लजमा लगानी गरेको छ ।
चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ । महाविनाशकारी भूकम्प लगत्तै उक्त समूहले ‘दि चौधरी फाउण्डेशन’ मार्फत भत्किएका स्कुल र घर निर्माणमा २५ लाख डलर खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो ।
‘सफल उद्योगी चौधरीसंगको अन्तरसंवादले बेलायतस्थित नेपाली व्यवसायी, प्राज्ञ, विद्यार्थी र सिंगो डायस्पोरा लाभान्वित हुने आशा गरेका छौं’, कार्यक्रम संयोजक कृष्ण भट्टले भने, ’चौधरीका सफलताको कथा र अनुभव हामी सबैलाई प्रेरणादायी हुनेछ ।’
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले अर्बपति चौधरीले संघको निम्तो स्वीकार गरेकामा प्रसन्न हुंदै कार्यक्रमले युवा तथा नयां र स्थापित व्यवसायीहरुलाई समेत प्रेरित गर्ने आशा व्यक्त गरे ।
आयोजकले निमन्त्रणा गरिएका व्यक्तिलाई मात्र प्रवेश दिइने र इच्छुकलाई सोमबारसम्म एनआरएनए यूकेमा नाम दर्ता गर्न आग्रह गरेका छन् । उक्त कार्यक्रम सभ्य र भव्य बनाउन कृष्ण भट्टको संयोजकत्वमा एक समिति नै बनाइएको छ ।
चौधरीले अक्सफोर्ड युनिभर्सिटी र प्राइस वाटरहाउस कुपर्सको लन्डन कार्यालयमा समेत प्रवचन दिने कार्यक्रम छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार