
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवम् नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन एवम् स्थानीय निर्वाचनका बारेमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी सहज रुपमा अगाडि बढाउने भन्ने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भेटमा प्रधानमन्त्रीले दाहालले संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन नै पहिलो सर्त भएकाले निर्वाचन गर्न सरकार लागि परेको बताउँदै त्यसमा सहयोग गर्न नयाँ शक्तिका संयोजकसमेत रहनु भएका पूर्वप्रधानमन्त्री डा भट्टराईलाई आग्रह गर्नुभयो ।
डा भट्टराईले स्थानीय निर्वाचनका लागि सहज रुपमा अगाडि बढ्न संविधान संशोधन गर्न उपयुक्त हुने बताउनुभयो ।
बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितलाई वितरण गर्ने मुआब्जा रकम कम भएकाले केही रकम थप गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण पनि उहाँले गराउनुभयो ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
विचार : सहजताको मूल्य र गोपनीयता
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप