लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलको सम्मान तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । कार्यक्रम आगामी १३ फेब्रुअरी सांझ रिगल स्पाइस रेष्टुरेन्ट, साउथ रइसलिपमा हुन लागेको हो । कार्यक्रममा कांग्रेस पार्टी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने समितिले जनाएको छ ।
नेता पौडेल यतिखेर नेपाली जनसम्पर्क समिति डेनमार्कको शनिबार हुने चौथो अधिवेशन उद्घाटन गर्न कोपनहेगनमा छन् । शुक्रबार लन्डन हुंदै डेनमार्क गएका पौडेल पुनः लन्डन आउने कार्यक्रम छ ।
यसैबीच, सोही दिन १३ फेब्रुअरी सांझ नेपालको संविधान २०७२ का पिता, पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको प्रथम पूण्यतिथीको अवसरमा कोइरालाप्रति श्रद्धान्जलि व्यक्त गर्ने कार्यक्रम रहेको समितिका सभापति लोक गुरुङले जनाएका छन् । उनले कार्यक्रममा सबैलाई निमन्त्रणा समेत गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रिय कार्यालयले गत २६, माघ २०७३ मा कार्यक्रम गर्न एक परिपत्र जारी गरेको थियो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित