लन्डन । एनआरएनए यूकेले एनआरएनए आइसीसीले गोरखाको लाप्राकमा निर्माण गरिरहेको ‘लाप्राक नमुना वस्ती’ मा स्वयंसेवक खटाउने भएको छ ।
एनआरएनए यूकेको आगामी १८ फेब्रुअरीका दिन प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा बस्ने कार्यसमिति बैठकमा स्वयंसेवक सम्वन्धमा निर्णय गरिने छ । यूकेबाट कति संख्यामा को को जाने भन्ने निर्णय बैठकमा गरिने संघले जनाएको छ । एनआरएनए आइसीसीले लाप्राकमा ५७३ वटा आवास गृह तीव्र रुपमा निर्माण गरिरहेको छ ।
बिहान ११ बजेदेखि हुने कार्यसमिति बैठकलाई संघले महत्वपूर्ण भन्दै सहभागिता जनाउन कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुमा अनुरोध गरेको छ ।
बैठकले आफ्नो महत्वकांक्षी ‘नेपाल हाउस’ प्रोजेक्ट कन्सेप्ट हेरफेर गर्ने भएको छ । झण्डै अढाइ मिलियन पाउण्ड लगानी हुने अनुमान गरिएको नेपाल हाउस अब च्यारिटी डोनेसनको सट्टा इन्भेस्टमेन्ट कन्सेप्टमा जाने तयारी गरिएको हो । संघलाई अहिले च्यारिटी डिनर गरेर वा चन्दा उठाएर आवश्यक लगानी जुटाउन हम्मे हम्मे परिरहेको छ ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले बैठकमा एनआरएनए यूकेको स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्समा गठन गर्न लागिएको क्षेत्रीय काउन्सिल सम्वन्धमा पनि छलफल हुने बताए । साथै नयां सदस्यता र आगामी ७ औं अधिवेशनको मिति र निर्वाचन समिति गठनबारे पनि बैठकमा टुंगो लगाइने गुरुङले जानकारी दिए ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई