लन्डन । आफूखुसी चर्च गएको भन्दै आफ्नी श्रीमतीको ज्यान लिने धम्की दिने एक भूतपूर्व गोर्खा सैनिकलाई बेलायतको एक अदालतले आठ हप्ताको जेल सजाय सुनाएको छ । हीवटबर्न रोडमा बस्ने ६४ वर्षीय कहासिंह लिम्बुले आफ्नो १७ वर्षे छोराको सामुन्ने श्रीमतीलाई तरकारी काटने चक्कु देखाउंदै ज्यान लिने धम्की दिएका थिए।
गत शुक्रबार स्वीन्डनस्थित मजिस्ट्रेट कोर्ट कार्यालयमा भएको सुनुवाइमा अभियोजन पक्षका वकिल किथ बेलिङगरले कहासिंह लिम्बुका छोराले प्रहरीलाई आफ्नो बुवाले आमालाई चर्च जान नदिने र गए ज्यानै लिने धम्की दिने गरेको बताएका थिए ।
उनले आफ्नो बुवाले तरकारी काट्ने चक्कुमा धार लगाउंदै चर्च जान नछाडेमा आमालाई दुई टुक्रा पारीदिने धम्की दिएको पनि प्रहरीलाई बताए ।
त्यसपछि टेसर गन लिएर उनीहरुको घर पुगेको प्रहरीलाई उनले उल्टै गोली चलाउन चुनौती दिएका थिए । उनले प्रहरीलाई नै चक्कु देखाएपछि प्रहरीले पछि उनलाई नियन्त्रणमा लिएको थियो ।
कहरसिंहका वकिल मार्क ग्लेन्डेनिङले कहरसिंह र उनकी श्रीमतीबीच चर्च जाने विषयमा वादविवाद हुने गरेको र आफ्नी श्रीमतीलाई आघात पुरयाउने उनको कुनै मनसाय नभएको बताए । खाना पकाउन लागेकाले उनले आवेशमा आएर चक्कु उठाएको पनि उनको भनाइ थियो । वकिलले आफ्नो व्यवहारप्रति कहरसिंहले दुःख मानेको र अब आइन्दा आफू मिलेर बस्ने बताएको पनि जनाए ।
जुरीले शुरुमा कहासिंहलाई उनको व्यवहारकालागि १६ हप्ताको जेल सजाय सुनाएकोमा उनले पश्चाताप गरेपछि त्यसलाई घटाएर ८ हप्तामा झारिदिएको थियो । सो सजाय एक वर्षपछि मात्रै कार्यान्वयन गरिने पनि स्थानीय समाचारमा जनाइएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?