लण्डन । संखुवासभा समाज युकेले दशौँ वार्षिकोत्सव भव्यताका साथ मनाउने भएको छ ।
समाजको शनिबार लण्डनमा बसेको बैठकले आगामी अगष्ट १२ मा लण्डनको फेल्थाममा भव्यरुपमा दशौँ वार्षिकोत्सव मनाउने निर्णय गरेको हो ।
समाजका अध्यक्ष गणेश रानाको अध्यक्षता र महासचिव सेमन्त राईले संचालन गरेको सो बैठकमा उपाध्यक्ष नैनसिंह गुरुङले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा मुखपत्र निकाल्ने, विभिन्न जातजातिको झाँकीसहित वार्षिकोत्सव मनाउने निर्णय गरिएको हो । यस्तै, मादी नगरपालिकाको मुलखर्कमा अगलागीबाट पीडित परिवारलाई समाजका तर्फबाट उठाइएको सहयोगरकम वरिष्ठ उपाध्यक्ष बसुन्धरा याख्या राईलाई नेपालमा बुझाउन हस्तान्तरण गरियो ।
यसैगरी समाजका संस्थापक अध्यक्ष धर्मराज गुरुङकी श्रीमती तथा महिला समितिकी वरिष्ठ सदस्य राधिका गुरुङको दुखद निधन भएकोमा श्रद्धान्जलि व्यक्त गर्दै समाजको तर्फबाट सुविधा चेक हस्तान्तरण गरियो ।
संखुवासभा अन्तर्राष्ट्रिय समाज गठनको निम्ति तयारी समिति गठन गरी छिट्टै महाधिवेसन गर्ने पनि निर्णय गरिएको छ । बैठकमा समाजका वरिष्ठ उपाध्यक्ष बसुन्धरा याख्या राई आदिवासी जनजाति महिला महासंघ बेलायतको महासचिव, एरिया प्रमुख सुशीला राई कोषाध्यक्ष र महिला समिति प्रमुख हेमा राना गुरुङ सदस्यमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित