
नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली शिक्षा परिषद्ले नाट्य सम्राट बालकृष्ण समको ११५ औ जन्मजयन्तीमा आयोजना गरेको विशेष प्रवचन कार्यक्रममा सहभागीहरु । तस्बिर ः कृष्णराज गौतम, रासस
काठमाडौँ, २४ माघ । नाट्य सम्राट् बालकृष्ण समको ११५ औँ जन्मजयन्तीका अवसरमा साहित्यकारहरुले नेपाली नाटकलगायतको विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्ले आज यहाँ आयोजना गरेको ‘विशेष प्रवचन’ कार्यक्रममा सहभागी साहित्यकार तथा बुद्धिजीवीले समका खण्ड काव्य, कविता, नाटकले नेपाली साहित्यको विकासमा सहयोग पुगेको विचार व्यक्त गर्नुभयो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले तत्कालीन निरङ्कुश शासन तथा समाजका विरुद्ध समको लेखन सशक्त रहेको बताउँदै उहाँको सिर्जनाले नेपाली साहित्य फराकिलो भएको विचार व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत रहनुभएका सम नेपाली साहित्यका ठूला महारथी भएको स्मरण गर्नुभयो ।
साहित्यकार तारानाथ शर्माले उच्च घरानामा जन्मेका समले अङ्ग्रेजीको राम्रो अध्ययन गरेको र त्यसलाई नेपाली साहित्यमा प्रयोग गरेकाले तत्कालीन साहित्यको विकासमा राम्रो प्रभाव परेको विचार व्यक्त गर्नुभयो । साहित्यकार मोदनाथ प्रश्रितले ज्ञानको दृष्टिकोण र अध्ययनको उच्चताले समलाई अनवरत रुपमा साधना गर्न सक्ने साधकका रुपमा स्थापित गरेको तथा नेपाली नाटकमा शेक्सपियरको शैली र प्रभाव विकास गरेको बताउनुभयो ।
प्रतिष्ठानका सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरी, शिक्षा परिषद्का सदस्य सचिव रमा शर्मा र प्रा कृष्ण गौतमले निबन्ध र नाटकमा समको बौद्धिकता उपयोग भएको बताउँदै उहाँले राणा भएर पनि सामाजिक सुधारका लागि सशक्तरुपमा कलम चलाएको विचार व्यक्त गर्नुभयो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय