काठमाडौँ, २४ माघ । भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वन्टी क्रिकेट प्रतियोतिगताअन्तर्गत नेपालले आफ्नो सातौँ खेलमा मङ्गलबार इङ्ग्ल्यान्डको सामना गर्ने भएको छ ।
भारतको बेङ्लोरमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ इङ्ग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले यसअघि खेलेको छ खेलमा एक खेलमा मात्र जित हासिल गरेको छ ।
नेपाल दक्षिण अफ्रिकासँग छ विकेट, बङ्गलादेशसँग ५९ रन र अस्ट्रेलियासँग १० विकेटले पराजित भयो । त्यसैगरी वेष्ट इन्डिजसँग ४३ रन, पाकिस्तानसँग १० विकेट तथा श्रीलङ्कासँग १३१ रनको भारी अन्तरले नेपाल पराजित भएको थियो । प्रतियोगितामा १० टोलीको सहभागिता छ ।
ब्याडमिन्टन
तीनचुली युथ क्लबका दीपु मगर र विशाल लिम्बूको जोडीले साताँैं बबिन स्मृति ब्याडमिन्टन प्रतियोगितामा आज जित हात पारेको छ ।
किङ कम स्पोर्ट्स क्लबको आयोजनामा पुरानो बानेश्वरस्थित भीमसेनगोलामा भएको खेलमा मगर र लिम्बूको जोडीले चन्द्रसूर्य युथ क्लबका सुवास उलब र अरुण बलामीको जोडीलाई १२–२१, २३–२१ र २१–८ को सेटमा पराजित गरेको हो ।
अर्को खेलमा मानभवनका गजेन्द्र राई र सुजन राईको जोडीले पञ्चकुमारी युथ क्लबका वीरेन्द्र कुँवर र प्रणय घिमिरेको जोडीलाई २१–१४ र २१–१९ को सोझो सेटमा पराजित गरयो । जितसँंगै विजेता दुवै जोडी प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन