काठमाडौँ, २४ माघ । भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वन्टी क्रिकेट प्रतियोतिगताअन्तर्गत नेपालले आफ्नो सातौँ खेलमा मङ्गलबार इङ्ग्ल्यान्डको सामना गर्ने भएको छ ।
भारतको बेङ्लोरमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ इङ्ग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले यसअघि खेलेको छ खेलमा एक खेलमा मात्र जित हासिल गरेको छ ।
नेपाल दक्षिण अफ्रिकासँग छ विकेट, बङ्गलादेशसँग ५९ रन र अस्ट्रेलियासँग १० विकेटले पराजित भयो । त्यसैगरी वेष्ट इन्डिजसँग ४३ रन, पाकिस्तानसँग १० विकेट तथा श्रीलङ्कासँग १३१ रनको भारी अन्तरले नेपाल पराजित भएको थियो । प्रतियोगितामा १० टोलीको सहभागिता छ ।
ब्याडमिन्टन
तीनचुली युथ क्लबका दीपु मगर र विशाल लिम्बूको जोडीले साताँैं बबिन स्मृति ब्याडमिन्टन प्रतियोगितामा आज जित हात पारेको छ ।
किङ कम स्पोर्ट्स क्लबको आयोजनामा पुरानो बानेश्वरस्थित भीमसेनगोलामा भएको खेलमा मगर र लिम्बूको जोडीले चन्द्रसूर्य युथ क्लबका सुवास उलब र अरुण बलामीको जोडीलाई १२–२१, २३–२१ र २१–८ को सेटमा पराजित गरेको हो ।
अर्को खेलमा मानभवनका गजेन्द्र राई र सुजन राईको जोडीले पञ्चकुमारी युथ क्लबका वीरेन्द्र कुँवर र प्रणय घिमिरेको जोडीलाई २१–१४ र २१–१९ को सोझो सेटमा पराजित गरयो । जितसँंगै विजेता दुवै जोडी प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता