लन्डन । बेलायतको फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले आइतबार आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा एक च्यारिटी डिनर गरि तीन संस्थालाई आर्थिक सहयोग गरेको छ ।
रेष्टुरेन्टले च्यारिटी डिनर गरेर स्थानीय च्यारिटेबल संस्थाहरु फिलिस टकवेल, ज्याक्सन हाउस (भेट्रान आर्मीका लागि कार्यरत) र पार्क साइडलाई ४२०० पाउण्ड प्रदान गरेको हो ।
उक्त कार्यक्रममा एकसय भन्दा बढि ब्रिटिस ग्राहक (गोर्खा प्यालेसका प्याट्रनहरु) सहित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, दूतावासका उपनियोग प्रमुख शरदराज आरण, अल्डरसट एमपी जेराल्ड होवार्थ र उनकी धर्मपत्नी, रसमोर मेयर मेयरेस ज्याकी भोस्पेर, पूर्व मेयर मार्टिन टिनेन्ट र श्रीमति, काउन्सिलरहरु, स्थानीय पत्रकार लगायतको सहभागिता थियो ।
कार्यक्रममा रेष्टुरेन्ट सञ्चालक सूर्य गुरुङले सहभागी सबै अतिथी र ग्राहकलाई स्वागत गरेका थिए । उक्त अवसरमा अल्डरसट एमपी जेराल्ड होवार्थले रेष्टुरेन्ट सञ्चालक गुरुङ दम्पत्तिलाई विशेष उपहार समेत दिए ।
मन्तव्यका क्रममा नेपाली राजदूत डा. सुवेदीले रेष्टुरेन्ट सञ्चालक गुरुङ र समस्त कर्मचारीलाई १८ औं वार्षिकोत्सवका अवसरमा बधाइ दिंदै गोर्खाहरुको प्रशंसा गरे । उनले गोर्खाहरुले नेपाल ब्रिटेन सम्वन्ध मजवुत बनाएको चर्चा गर्दै गोर्खा साहसिक मात्र होइन, इमान्दार र दयालु पनि भएको बताए । उनले नेपाल प्रकृति र विविधतामा धनी भएको उल्लेख गर्दै खानामा पनि बेग्लै पहिचान बोकेको र गोर्खा प्यालेसले त्यसको प्रतिनिधित्व गरेर मौलिक नेपाली खाना पस्किरहेको विश्वास व्यक्त गरे ।
कार्यक्रममा सञ्चालक गुरुङले आफ्ना नियमित ग्राहक, शुभचिन्तक र कर्मचारीहरुप्रति आभार व्यक्त गर्दै सबैको सामूहिक प्रयासले मात्र च्यारिटी कार्य सम्भव भएको बताए । उनले आफू बस्ने कर्मभूमिमा पनि केही सेवा गर्दा समायोजनमा बल पुग्ने आफ्नो मान्यता रहेको जनाउंदै नेपाल र यूकेका लागि बराबर च्यारिटी गरेको उल्लेख गरे ।
श्रमिति बबिता गुरुङले सञ्चालन गरेको कार्यक्रममा ग्राहकहरु साम र पिटरले अक्सन, राफल, बिंगो गरेर पैसा संकलन गरेका थिए ।
उक्त रेष्टुरेन्टले नेपाल र यूके च्यारिटीका लागि हालसम्म ४५ हजार पाउण्ड बढिको च्यारिटी गरिसकेको छ । रेष्टुरेन्टले सन् २०१६ का लागि न्यूज एण्ड मेलको ‘वेष्ट रेष्टुरेन्ट अफ द इयर’ उपाधि जितेको थियो ।
तस्विरः मिलन तमु
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई