लन्डन । बेलायतको फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले आइतबार आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा एक च्यारिटी डिनर गरि तीन संस्थालाई आर्थिक सहयोग गरेको छ ।
रेष्टुरेन्टले च्यारिटी डिनर गरेर स्थानीय च्यारिटेबल संस्थाहरु फिलिस टकवेल, ज्याक्सन हाउस (भेट्रान आर्मीका लागि कार्यरत) र पार्क साइडलाई ४२०० पाउण्ड प्रदान गरेको हो ।
उक्त कार्यक्रममा एकसय भन्दा बढि ब्रिटिस ग्राहक (गोर्खा प्यालेसका प्याट्रनहरु) सहित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, दूतावासका उपनियोग प्रमुख शरदराज आरण, अल्डरसट एमपी जेराल्ड होवार्थ र उनकी धर्मपत्नी, रसमोर मेयर मेयरेस ज्याकी भोस्पेर, पूर्व मेयर मार्टिन टिनेन्ट र श्रीमति, काउन्सिलरहरु, स्थानीय पत्रकार लगायतको सहभागिता थियो ।
कार्यक्रममा रेष्टुरेन्ट सञ्चालक सूर्य गुरुङले सहभागी सबै अतिथी र ग्राहकलाई स्वागत गरेका थिए । उक्त अवसरमा अल्डरसट एमपी जेराल्ड होवार्थले रेष्टुरेन्ट सञ्चालक गुरुङ दम्पत्तिलाई विशेष उपहार समेत दिए ।
मन्तव्यका क्रममा नेपाली राजदूत डा. सुवेदीले रेष्टुरेन्ट सञ्चालक गुरुङ र समस्त कर्मचारीलाई १८ औं वार्षिकोत्सवका अवसरमा बधाइ दिंदै गोर्खाहरुको प्रशंसा गरे । उनले गोर्खाहरुले नेपाल ब्रिटेन सम्वन्ध मजवुत बनाएको चर्चा गर्दै गोर्खा साहसिक मात्र होइन, इमान्दार र दयालु पनि भएको बताए । उनले नेपाल प्रकृति र विविधतामा धनी भएको उल्लेख गर्दै खानामा पनि बेग्लै पहिचान बोकेको र गोर्खा प्यालेसले त्यसको प्रतिनिधित्व गरेर मौलिक नेपाली खाना पस्किरहेको विश्वास व्यक्त गरे ।
कार्यक्रममा सञ्चालक गुरुङले आफ्ना नियमित ग्राहक, शुभचिन्तक र कर्मचारीहरुप्रति आभार व्यक्त गर्दै सबैको सामूहिक प्रयासले मात्र च्यारिटी कार्य सम्भव भएको बताए । उनले आफू बस्ने कर्मभूमिमा पनि केही सेवा गर्दा समायोजनमा बल पुग्ने आफ्नो मान्यता रहेको जनाउंदै नेपाल र यूकेका लागि बराबर च्यारिटी गरेको उल्लेख गरे ।
श्रमिति बबिता गुरुङले सञ्चालन गरेको कार्यक्रममा ग्राहकहरु साम र पिटरले अक्सन, राफल, बिंगो गरेर पैसा संकलन गरेका थिए ।
उक्त रेष्टुरेन्टले नेपाल र यूके च्यारिटीका लागि हालसम्म ४५ हजार पाउण्ड बढिको च्यारिटी गरिसकेको छ । रेष्टुरेन्टले सन् २०१६ का लागि न्यूज एण्ड मेलको ‘वेष्ट रेष्टुरेन्ट अफ द इयर’ उपाधि जितेको थियो ।
तस्विरः मिलन तमु
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?