लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले आगामी २५ फेब्रुअरीमा पेशागत अभिवृद्धिसम्वन्धि वृहत सम्मेलन गर्ने भएको छ ।
गत २१ जनवरीमा बेम्ली तन्दुरीमा सम्पन्न बैठकले निर्णय गरे बमोजिम सम्मेलनको तयारी भइरहेको एसोसिएसनले जनाएको छ । लन्डन साउथहयारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा बिहान ११ देखि ५ बजेसम्म सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा नर्सहरुको रिभ्यालिडेसन प्रोसेस, ओभरसिज नर्सहरुलाई यूके आउन अध्यागमन नियम र यहीं बसेका नर्सहरुलाई नर्सिङमा काम गर्न आवश्यक सरसल्लाह, यूकेमा कार्यरत क्वालिफाइड नर्सहरुका लागि करिअर पाथ वे बारे जानकारी, फार्मेसी सम्वन्धि जानकारी, मेन्टल हेल्थमा साइकोलोजी सपोर्ट, डेन्टल नर्सिङ सम्वन्धि जानकारी दिइने एसोसिएसनकी महासचिव रस्मिता दर्लामीले जनाइन् । सम्मेलनमा रोयल कलेज अफ नर्सिङ र अन्य वीज्ञहरुबाट जानकारी दिने कार्यक्रम छ । नेपलिज डक्टर्स एसोसिएसन यूके आवद्ध चिकित्सहरुले पनि स्वास्थ्य सम्वन्धि जानकारी दिने जनाइएको छ ।
एसोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले इच्छुक सबै क्वालिफाइड, पिन नम्बर कुरिरहेका, नेपालबाट भर्खर यूके आएका नयां नर्सहरु, डेन्टल नर्स, स्टुडेन्ट नर्सहरु र गैर नर्सलाई समेत सहभागिताका लागि अनुरोध गरेकी छन् । एसोसिएसनले आगामी ३० मार्चमा नेपलिज डक्टर्स एसोसिएसन यूकेको सहकार्यमा केन्टमा हेल्थ अवेरनेस कार्यक्रम र अगष्टमा बर्थिङ सेन्टर निर्माण सहयोगार्थ च्यारिटी डिनर गर्न लागेको समेत कंडेलले जनाइन् ।
बैठकले कोषाध्यक्ष गंगा साम्पाङलाई नेपालमा हुन लागेको इन्टरनेशनल कन्फरेन्समा एसोसिएसनका तर्फबाट सहभागिताका लागि प्रतिनिधि समेत तोकेको छ ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य