
लन्डन । लन्डनवासी तामाङ जातीले आफ्नो महान पर्व ‘सोनाम ल्होछार’ हर्षोल्लासका साथ मनाएका छन् । तामाङ समाज यूकेले आइतबार वेम्लीमा आयोजना गरेको २८५३ औं ल्होसारमा
सयौं सहभागी भए ।
कार्यक्रमका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै ल्होसार तामाङहरुको मात्र नभएर यो राष्ट्रिय पर्व भएकाले समस्त नेपाली एकवद्ध भएर मनाउन आग्रह गरे । उनले दोश्रो- तेश्रो पुस्तालाई आफ्नो परम्परा, कला संस्कृति, सम्पदाको संरक्षण र संवर्धन गर्ने कुरा सिकाउन पनि अभिभावकलाई सुझाए ।
तामाङ समाज यूके अध्यक्ष दीपक गोलेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा तामाङ घेदुंङ नेपाल अन्तर्राष्ट्रिय विभागका प्रमुख टासी लामा, होल्मो सोसाइटी यूकेका कर्म लामा, तामाङ घेदुंङ रेडिङका प्रेम लामा, तामाङ सोसाइटी फार्नबोरोकी अन्जु लामा, तमु समाज बेलायतका अध्यक्ष अर्जुनकुमार गुरुङ, आमा समूहकी अध्यक्ष माया गुरुङ, काउन्सिलर विष्णु गुरुङ, ला मेन्डो सहसचिव विशाल तामाङ लगायतले लोसारको शुभकामना दिए । कार्यक्रममा समाजका सल्लाहकार जित पाख्रिनले स्वागत मन्तव्य दिएका थिए ।
अनु स्याङबोले संयोजन गरेको उक्त कार्यक्रममा धर्म गुरुहरुले पूजासहित आर्शीवचन प्रदान गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुति समेत भएको थियो । सांस्कृतिक कार्यक्रम अन्तर्गत नेपालबाट आएका राष्ट्रिय कलाकारहरु निर्मला घिसिङ र सानु वाइवासहित स्थानीय कलाकारहरु अनिल गुरुङ, कुमार स्याङतान र बिरु गोम्जाले गायन प्रस्तुत गरे भने चन्द्र पुन, रिता पुन, उमेश पुन, मनु पुन र सुशिला पुनले विभिन्न गीतमा मौलिक नृत्य गरेका थिए ।
उक्त अवसरमा चांद लामाले डिजे तथा साउण्ड सिस्टम उपलव्ध गराएका थिए भने खाना रारा क्याटर्सले व्यवस्था गरेको थियो । कार्यक्रमको टिकट र डिजिटिल प्रायोजन अनलाइन गिफ्ट टु नेपालले गरेको थियो ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई