लन्डन । बेलायती रक्षामन्त्री मार्क ल्यानक्यास्टरको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको छ । उनी ५ दिने भ्रमणका लागि सोमबार (फेब्रुअरी ६) मा नेपाल उड्ने तयारी थियो ।
बेलायती संसदमा जारी इयूबाट बेलायत बहिगर्मन (ब्रेक्जिट) को वहसमा व्यस्त हुनुपरेको जनाउंदै ल्यानक्यास्टरले तत्काललाई भ्रमण स्थगित गर्नुपरेको लन्डनस्थित नेपाली दूतावासलाई जानकारी गराएका छन् । ‘दुई दिन अघिमात्र रक्षा मन्त्रालयबाट मन्त्री व्यस्त भएकाले नेपाल जान नसक्ने खबर आयो’, दूतावासका प्रवक्ता तथा उपनियोग प्रमुख शरदराज आरणले भने, ‘तर, पछि अनुकुल समयमा जाने आश्वासन छ ।’
मन्त्री ल्यानक्यास्टरको भ्रमण स्थगित भएपनि ब्रिगेडिएर जनरल निक पोप, ब्रिगेड अफ गोर्खाज कर्णेल जेम्स रविन्सन लगायतको टोली भने नेपाल जांदैछ । नेपाल भ्रमणका क्रममा टोलीले राष्ट्रपतिसमक्ष गोर्खा ब्रिगेडको प्रतिवेदन बुझाउने, ब्रिटिश क्याम्प भ्रमण, भूपू गोर्खा परिवारको अवस्था बुझ्ने आदि कार्यक्रम छ ।
उता, मन्त्री ल्यानक्यास्टरको भ्रमण स्थगित भएकामा भूपू गोर्खाहरु सशंकित भएका छन् । रक्षा मन्त्रालयभित्र भेट्रान र रक्षा कर्मचारीहरुप्रति जिम्मेवार उनको भ्रमण स्थगितले वार्ताको आशामा बसिरहेका भूपू गोर्खाहरु सशंकित भएका हुन् । लन्डनस्थित नेपाली दूतावासको समन्वयमा भूपू गोर्खा समस्या समाधानका लागि वार्ता गर्ने तयारी थियो । ‘मन्त्री गएर नेपालमा भूपू गोर्खाहरुको अवस्था बुझ्ने र उच्च स्तरिय राजनीतिक भेट हुने आशा हामीलाई थियो तर स्थगित भएछ’, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले भने, ‘आशा छ उहांको भ्रमण फेरि छिट्टै तय हुन्छ ।’
भूपू गोर्खाहरुले लामो समयदेखि समान पेन्सन लगायत माग राखेर आन्दोलन गर्दै आएका छन् । सत्याग्रह समितिले भूपू गोर्खाका ६ वटा संस्थाका अध्यक्ष र बेलायती सांसद एवं रक्षा मन्त्रालय (एमओडी) पदाधिकारीसंग छिट्टै छलफल हुने जनाएका छन् । इकान्तिपुर
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]