लण्डन । गोरखा भूतपूर्व सैनिक आन्दोलनको ऐतिहासिक उपलब्धिमध्ये एक जापानी युद्धबन्दीको मुद्दामा सफलता दिलाउने बेलायतका एक वकिलको लाइसेन्स खारेज गरिएको छ ।
बेलायतको बर्मिङहाममा रहेको पब्लिक इन्ट्रेष्ट लयर्सका वकिल फिल साइनरलाई कानुनी परामर्श गर्नबाट रोक लगाउने निर्णय बेलायतका वकिलहरुको नियामक निकाय सोलिसिटर डिसिप्लिनरी ट्राइबुनलले गरेको छ । त्यहाँ उनीविरुद्ध १२ वटा उजुरी परेका थिए ।
उनीमाथि इराकमा बेलायती सेनाले गरेको ज्यादतिका विरुद्ध मुद्दामा प्रमाण संकलन गर्दा खराब आचरण गरेको अभियोग लागेको थियो । उनले प्रमाण जुटाउनका लागि विचौलियालाई पैसा खुवाएको आरोप लगाइएको छ । उनको ल फर्म भने गत अगष्टमा नै बन्द भइसकेको छ ।
बेलायती रक्षा मन्त्री माइकल फालोनले फिल साइनरले गलत दाबी गरी सैनिकहरुको जीवन कष्टकर बनाएको भन्दै उनले माफी माग्नुपर्ने बताएका छन् ।
साइनरले गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का तर्फबाट दोस्रो विश्वयुद्धमा जापानले युद्धबन्दी बनाएका भूतपूर्व गोरखाहरुको मुद्दा बेलायतको उच्च अदालतमा लडेका थिए । सो मुद्दामा गोरखाहरुलाई ऐतिहासिक सफलतासमेत मिलेपछि गोरखाहरुको मुद्दाले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो । मुद्दा जितेपछि दोस्रो विश्वयुद्धमा युद्धबन्दी बनाइएका पूर्व गोरखा र उनका परिवारलाई जनही १३ लाख रुपियाँ क्षतिपूर्ति दिइएको थियो । उनले सो मुद्दामा ४० मिलियन पाउण्ड क्षतिपूर्ति दिलाएको दाबी गरेका छन् ।
उनैले गोरखाहरुको समान पेन्सनको मुद्दा पनि लडेका थिए । तर सो मुद्दामा भने गोरखाहरुले दाबी गरेअनुसारको फैसला अदालतबाट भएको थिएन । गेसो पूर्व सभापति पदमबहादुर गुरुङले पछिल्ला वर्षहरुमा ‘फिल साइनर र गोपाल चिन्तनले समान पेन्सनको मुद्दा बिगारिदिएको’ आरोप लगाउने गरेका छन् ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई