लन्डन । बेलायत सरकारले पेश गरेको युरोपियन युनियनसंग बहिर्गमन प्रक्रिया (ब्रेक्जिट) गर्न प्रस्तुत गरेको विधेयक बेलायती संसदले बुधबार अत्याधिक वहुमतले पारित गरेको छ । विधेयकको पक्षमा ४९८ र विपक्षमा ११४ मत परेको थियो । यसले बेलायत सरकारले मार्च अन्तिमबाट शुरु गर्ने लक्ष्य राखेको ब्रेक्जिट प्रक्रियाका लागि आधिकारिक रुपमा ढोका खुलेको छ ।
प्रस्तुत उक्त विधेयकमाथि संसदमा दुई दिन चर्को वहस हुंदा प्रतिपक्षी लेबरका ४७, बेलायतको तेस्रो ठूलो स्कटिस नेशनल पार्टीका ५०, चौथो ठूलो पार्टी लिबरल डेमोक्रयाटका ७ सांसदसहित बांकी अन्यले विपक्षमा मतदान गरेका थिए । स्कटिस नेशनल पार्टीले गरेको संसोधन पराजित भएको थियो । उक्त पार्टीले स्कटल्याण्डका बहुसंख्यक जनताले जनमत संग्रहमा यूके इयूमा रहनुपर्ने पक्षमा मत हालेकाले स्कटिस जनताले चाहेजस्तो छुट्टै इयूसंग सम्झौता हुनुपर्ने माग राख्दै आएको छ ।
गत जुनमा भएको जनमत संग्रहपछि धेरै उतारचढाव हुंदै गत साता सर्वोच्च अदालतले बे्रक्जिट प्रक्रिया संसदले पारित गर्नुपर्ने फैसला गरेको थियो ।
ब्रेक्जिट मुद्दामा बेलायती समाज विभाजित रहंदै आएकाले सबैलाई मान्य हुने शर्तबाट इयू छोड्न बेलायत सरकारलाई ठूलो चुनौती छ । आफूले चाहेजस्तो शर्तमा इयू बहिर्गमन नभए बिना सम्झौता नै बेलायत इयूबाट बाहिरिने भन्ने बेलायती प्रधानमन्त्री टेरेजा मेको कडा उद्घोषले इयू समर्थकहरु आक्रोशित छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प, रसिया र इस्लामिक आतंकवाद नै इयूको ऐक्यवद्धताका लागि मुख्य चुनौती रहेको बताउंदै इयूले बेलायतले चाहेको मात्र सबै पुरा नहुने प्रतिक्रिया दिएको छ । रेस्टुरेन्टमा आफूले चाहेको खाना रोजे जस्तो ब्रेक्जिट वार्ता नहुने युरोपियन युनियनको स्पष्ट अडान छ ।
ब्रेक्जिटको खास अर्थ इयूसंग बेलायतको पारपाचुके हुने भएकाले आर्टिकल ५० निस्कने शुल्कको सम्झौता हो भन्ने विश्लेषकहरुको राय छ । युरोपियन युनियनसंग तोकिएको दुई वर्षको समयावधिपछि बेलायतले करिब ६० अर्ब पाउन्डको सम्बन्ध विच्छेद बिल फर्छयौट गर्नुपर्ने अनुमान गरिएको छ ।
यस बिचमा इयूको कमन मार्केट, भन्सार संघ, ब्यापार सम्झौता, आप्रवासी नियम, असंख्य कानुनबीच चर्को मतभेद बेलायतमा छ । ब्रेक्जिट वार्ता शुरुभएपछि नै राजनीतिमा अनेक उतारचढाव हुने अनुमान एकथरिको छ । इकान्तिपुर
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई