लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७ वटा मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको अस्थायी प्रतिवन्धविरुद्ध बेलायतभर व्यापक विरोध प्रदर्शन भएको छ । सोमबार बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिट, लन्डनसहित बेलायती शहरहरु म्यानचेस्टर, ग्लास्गो, एडिनबरा, कार्डिफ, न्यू क्यासल, सेफिल्ड, अक्सफोर्ड, क्यामब्रीज, ब्राइटन, ग्लोस्टर, लिड्स, योर्क, लिभरपुल, लेस्टर लगायत कयौं शहरमा ट्रम्प विरोधी प्रदर्शन आयोजना गरियो जसमा हजारौं सहभागी थिए । बेलायती प्रधानमन्त्री कार्यालय अगाडि मात्र दश हजार बढि प्रदर्शनकारी एकत्रित थिए । प्रदर्शनकारीले ट्रम्पको यसै वर्ष हुने निर्धारित भएको राजकीय भ्रमण स्थगित गरिनुपर्ने माग गरेका थिए ।
उता, बेलायती प्रधानमन्त्री टेरेजा मेलाई ट्रम्पको राजकीय भ्रमण स्थगित गर्न माग गर्दै शुरु गरिएको इ पिटिसनमा १५ लाख बढिले हस्ताक्षर गरिसकेका छन् । तर, उक्त हस्ताक्षरसहित प्रतिपक्षी दलको विरोधकाबीच बेलायत सरकारले ट्रम्पको राजकीय भ्रमण रद्द नगरिने स्पष्ट पारेको छ ।
ट्रम्पको उक्त विवादास्पद प्रतिवन्ध विरुद्ध अमेरिकामा समेत प्रदर्शन जारी छ ।
ट्रम्पले गत शुक्रबार इस्लामिक राष्ट्रहरु इराक, इरान, सिरिया, सुडान, सोमालिया, लिबिया र यमनका नागरिकलाई ९० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने गरि कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । उक्त आदेशले अमेरिकी शरणार्थी कार्यक्रम १२० दिनसम्म स्थगित गरेको छ भने सिरियाली शरणार्थीहरुमाथि अनिश्चितकालीन प्रतिवन्ध लगाएको छ ।
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस