लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७ वटा मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको अस्थायी प्रतिवन्धविरुद्ध बेलायतभर व्यापक विरोध प्रदर्शन भएको छ । सोमबार बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिट, लन्डनसहित बेलायती शहरहरु म्यानचेस्टर, ग्लास्गो, एडिनबरा, कार्डिफ, न्यू क्यासल, सेफिल्ड, अक्सफोर्ड, क्यामब्रीज, ब्राइटन, ग्लोस्टर, लिड्स, योर्क, लिभरपुल, लेस्टर लगायत कयौं शहरमा ट्रम्प विरोधी प्रदर्शन आयोजना गरियो जसमा हजारौं सहभागी थिए । बेलायती प्रधानमन्त्री कार्यालय अगाडि मात्र दश हजार बढि प्रदर्शनकारी एकत्रित थिए । प्रदर्शनकारीले ट्रम्पको यसै वर्ष हुने निर्धारित भएको राजकीय भ्रमण स्थगित गरिनुपर्ने माग गरेका थिए ।
उता, बेलायती प्रधानमन्त्री टेरेजा मेलाई ट्रम्पको राजकीय भ्रमण स्थगित गर्न माग गर्दै शुरु गरिएको इ पिटिसनमा १५ लाख बढिले हस्ताक्षर गरिसकेका छन् । तर, उक्त हस्ताक्षरसहित प्रतिपक्षी दलको विरोधकाबीच बेलायत सरकारले ट्रम्पको राजकीय भ्रमण रद्द नगरिने स्पष्ट पारेको छ ।
ट्रम्पको उक्त विवादास्पद प्रतिवन्ध विरुद्ध अमेरिकामा समेत प्रदर्शन जारी छ ।
ट्रम्पले गत शुक्रबार इस्लामिक राष्ट्रहरु इराक, इरान, सिरिया, सुडान, सोमालिया, लिबिया र यमनका नागरिकलाई ९० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने गरि कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । उक्त आदेशले अमेरिकी शरणार्थी कार्यक्रम १२० दिनसम्म स्थगित गरेको छ भने सिरियाली शरणार्थीहरुमाथि अनिश्चितकालीन प्रतिवन्ध लगाएको छ ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ