
लन्डन । नेकपा एमाले पर्यटन प्रवर्धन विभागका सचिव, टानका अध्यक्ष तथा नेपाल पर्यटन ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष चन्द्र रिजाल र नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य तथा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका कोषाध्यक्ष पूर्ण कुंवरको सम्मानमा एक कार्यक्रम गरिएको छ ।
प्रवासी नेपाली मञ्च बेलायतले सारस रेष्टुरेण्ट, नर्थ हयारोमा कार्यक्रम गरेको हो । कार्यक्रममा मञ्चका अध्यक्ष रामशरण सिम्खडा तथा संस्थापक अध्यक्ष आङगकल्जंग लामाले अतिथीहरुलाई खादा तथा मायांको चिनो प्रदान गरे । सो अवसरमा अध्यक्ष सिम्खडाले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
कार्यक्रममा अतिथी रिजालले वर्तमान अवस्थामा आफू संलग्न विभागले गरेका कृयाकलाप, टान गतिविधि र बेलायतमा पर्यटन प्रवर्धनमा मिलेर गर्न सकिने सम्भाव्य कामहरुको बारेमा साझा धारणा बनाई नेपालमा स्तरिय पर्यटक भित्रयाउन अपिल गरे ।
उक्त संक्षिप्त स्वागत तथा अन्तरक्रिया कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार आंगकल्जंग लामाले समेत मन्तव्य राखेका थिए । कार्यक्रममा मञ्चका उपाध्यक्ष रबिन्द्र कंडेल, सल्लाहकार राजेन्द्र पुडासैनी, सचिवालय सदस्य सरस्वती केसी, मञ्चका सदस्य महेन्द्र केसी, अनिता केसी, बल बहादुर रायमाझी, मिलन केसी, पूजा लिम्बु, गंगा क्षेत्री, मनोज केसीको उपस्थिति थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा