
लन्डन । साता लामो यूके भ्रमणमा बुधबार लन्डन आइपुगेकी कांग्रेस नेतृ एवं सभाषद डा. आरजु देउवालाई बेलायतस्थित कांग्रेस नेताहरुले भेटघाट गरेका छन् । बिहीबार बिहान लन्डनस्थित नेपाली दूतावासमा भेटघाट कार्यक्रम भएको हो ।
भेटमा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, कांग्रेस नेता एवं एनआरएनए आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, शिवजी श्रेष्ठ, तर्कजंग गुरुङ, हितकाजी गुरुङ लगायत सहभागी थिए ।
भेटमा नेपालको समसामयिक राजनीतिबारे कुराकानी भएको बताइएको छ ।
देउवा बेलायत सरकार र विभिन्न संघसंस्थाको कार्यक्रममा सहभागी हुने अपेक्षा छ । उनले बेलायतको प्रतिपक्षी दल, दातृ निकाय, विभिन्न राजनीतिज्ञ र एमनेष्टी इन्टरनेशनल पदाधिकारीसंग समेत भेट्ने कार्यक्रम रहेको जनाइएको छ । नेपाली जनसम्पर्क समिति बेलायतले श्रीमति देउवासंग एक अन्तरक्रिया समेत गर्ने तयारी गरेको छ ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित