
लन्डन । साता लामो यूके भ्रमणमा बुधबार लन्डन आइपुगेकी कांग्रेस नेतृ एवं सभाषद डा. आरजु देउवालाई बेलायतस्थित कांग्रेस नेताहरुले भेटघाट गरेका छन् । बिहीबार बिहान लन्डनस्थित नेपाली दूतावासमा भेटघाट कार्यक्रम भएको हो ।
भेटमा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, कांग्रेस नेता एवं एनआरएनए आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, शिवजी श्रेष्ठ, तर्कजंग गुरुङ, हितकाजी गुरुङ लगायत सहभागी थिए ।
भेटमा नेपालको समसामयिक राजनीतिबारे कुराकानी भएको बताइएको छ ।
देउवा बेलायत सरकार र विभिन्न संघसंस्थाको कार्यक्रममा सहभागी हुने अपेक्षा छ । उनले बेलायतको प्रतिपक्षी दल, दातृ निकाय, विभिन्न राजनीतिज्ञ र एमनेष्टी इन्टरनेशनल पदाधिकारीसंग समेत भेट्ने कार्यक्रम रहेको जनाइएको छ । नेपाली जनसम्पर्क समिति बेलायतले श्रीमति देउवासंग एक अन्तरक्रिया समेत गर्ने तयारी गरेको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ