काठमाडौँ, ११ माघ । नेपाल हस्तकला महासङ्घले भूकम्पबाट क्षतिग्रस्त सम्पदा मठमन्दिर, सत्तल, पाटी, पौवाको संरचना निर्माणलाई लक्षित गरी काष्ठकलाको सैद्धान्तिक र व्यावहारिक कक्षा आजदेखि सुरु गरेको छ ।
महासङ्घअन्तर्गत कला तथा शिल्प परिषद् र काठमाडौँ महानगरपालिकाको सहयोगमा सुरु गरिएको काष्ठकलासम्बन्धी प्रशिक्षणमा १५ जना प्रशिक्षार्थी सहभागी छन् । सो कार्यक्रमको अवधि डेढ महिनासम्म सञ्चालन हुनेछ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँ उपत्यका विभिन्न कला तथा सम्पदाले यहाँको आकर्षण थपिएको भए पनि गत वर्षको भूकम्पले त्यसलाई ठूलो क्षति पुरयाएको बताउँदै कलाकारले प्राचीन कला, शैलीको महत्वलाई प्रशिक्षणमा सिकेर कलाको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
महासङ्घका अध्यक्ष धर्मराज शाक्यले नेपाली कला र संस्कृतिको मौलिक विशेषताले अन्तर्राष्ट्रिय तहमा देशको गौरव बढाएको बताउँदै प्रशिक्षणबाट भूकम्पबाट क्षतिग्रस्त मठमन्दिर, सत्तल, पाटी, पौवाको संरचना निर्माणको लागि आवश्यक जनशक्ति तयार हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षणका प्रशिक्षक महेश शाक्यले परम्परागत तरिकाबाट निर्माण गरिएका सम्पदा निकै अमूल्य रहेको बताउँदै त्यसको संरक्षण र प्रवद्र्धनका लागि सो कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै यसले कला संस्कृतिलाई जोगाउने विचार व्यक्त गर्नुभयो ।
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता