लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न आउंदो शुक्रबार वासिंगटन जांदै छिन् । ब्रेक्जिटपछि आफ्नो देश अनुकुल व्यापार सम्झौता गरि संसारमा व्यापारको नेतृत्व गर्ने बताउंदै आएकी प्रधानमन्त्री मेले राष्ट्रपति ट्रम्पसंग अमेरिकी व्यापार सम्झौताका लागि विशेष कुरा गर्ने जनाएकी छिन् ।
ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि पहिलो विदेशी प्रधानमन्त्री भेट्ने यो प्रसंगलाई शीतयुद्धका बेला तत्कालिन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर जस्तो मित्रवत सम्बन्ध बिस्तार हुनसक्ने आंकलन कतिपयको छ । आफूलाई लागेको कुरा उठाउन राष्ट्रपति ट्रम्पसंग कुनै संकोच नभएको बताएकी प्रधानमन्त्री मेले व्यापार अलावा नेटो, इयू, रक्षा, रसियासंगको सम्बन्ध आदिबारे छलफल केन्द्रित गर्ने बताइएको छ । अमेरिकासंग बेलायतको विशेष सम्बन्ध रहिआएको छ ।
बेलायतको राजनीति गत जुनमा जनमत संग्रहपछि युरोपियन युनियन बहिर्गमनको नतिजा अनुरुप तातिने क्रम जारी छ । ब्रेक्जिटको अनपेक्षित परिणामले बिना तयारी र गृहकार्यमा रहेको बेलायती राजनीतिक नेतृत्वलाई ठूलो चुनौती थपिएको सर्वबिदितै छ ।
गत हप्ता ब्रेक्जिटको आफ्नो १२ बुंदे मार्गचित्र उद्घोष गरेकी बेलायती प्रधानमन्त्री मेको उक्त प्रस्तावलाई युरोपियन युनियनले बेलायतले चाहेको मात्र रोज्न नपाउने भन्दै आलोचना गरेको छ । कमन मार्केट तथा भन्सार संघमा समेत छोड्ने भन्ने उनको घोषणाप्रति बैंक, वित्तीय संस्था तथा ब्यवसायीहरुले गम्भीर चिन्ता प्रकट गरेका छन् ।
दोश्रो विश्वयुद्ध यता सबैभन्दा बढि विभाजित बेलायती समाजमा सबैलाई मान्य हुने नीति अवलम्बन गर्न सजिलो नहुने कुरा विश्लेषकहरु बताउंदै आएका छन् । इयू विरोधीहरुको मुख्य सरोकार अनियन्त्रित अध्यागमन समस्या नै हो । यसलाई सम्बोधन गर्न इयूबाट कडा बहिर्गमनबाहेक अर्को उपाय छैन् भन्ने तर्क प्रधानमन्त्री मेको छ । तर, आप्रवासी कामदारको सहज आपूर्ति बिना अर्थतन्त्रले गम्भीर असर भोग्नुपर्ने व्यवसायीहरुले बताउंदै आएका छन् ।
अर्कोतर्फ अस्ट्रेलियाली सरकारले आफूसंग खुल्ला व्यापार सन्धि गर्ने हो भने बेलायतको अध्यागमन नियम खुकुलो पार्नुपर्ने बताएको छ । इयूबाट छुट्टिएको आठ महिना भित्र नै ब्यापार सम्झौता गर्न सकिने बताउंदै अस्ट्रेलियाले आफ्नो लगानी बेलायतमा भित्र्याउन अरु सजिलो पार्नु पर्ने कुरामा ध्यान दिन बेलायत सरकारसंग आग्रह गरेको छ ।
व्यापार सन्धिमा खुला नीतिसंगै भिजाको पनि निक्र्यौल गरिनुपर्ने प्रस्ताव अस्ट्रेलियन सरकारको छ । फ्री मूभमेन्टबाट छुट्कारा पाउन नै इयू छोड्ने लक्ष्य लिएको वर्तमान सरकारले कुन रुपमा अस्ट्रेलियन सरकारको शर्त लिने हो त्यो चासोको विषय हुनेछ ।
स्वीजरल्यान्डको डाभोसमा गत हप्ता भएको विश्व आर्थिक मञ्चको गोष्ठीलाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्रीले विश्व ब्यापारका लागि बेलायतले नयां तरिकाले अग्रगामी भूमिका खेल्ने बताएकी थिइन् । यसबाट ब्रेक्जिटपछि बेलायतले द्रुतगतिमा विश्व बजारमा आफ्नो पहुंच बढाउन अरु सक्रिय रहने संकेत मिलेको विश्लेषकहरुले बताएका छन् ।
डाभोसमा सम्पन्न उक्त कार्यक्रममा संसारका तीन अर्ब साठी करोड मानिसको सम्पत्ति बराबर आठ जना अर्बपतिको सम्पति भएको तथ्यांक प्रकाशित भएपछि ग्लोवलाइजेसन र समानताका लागि चर्को आवाज उठाउनेहरुको समाचार प्रमुख बनेको थियो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई