लन्डन । वेम्ली ट्रायङगलमा सन् २००३ देखि सञ्चालित छ नेपाली रेष्टुरेन्ट गोर्खा भ्याली । केही महिनाअघिमात्र व्यवसायीहरु वी पी खनाल र विक्रम जोशीले गोर्खा भ्याली किनेर अहिले नाम फेरेका छन् बिनोभा जिभी । नाम फेरिएपनि रेष्टुरेन्टमा उही अनुभवी सेफ छन् के बी वैद्य (कृष्ण भगत) ।
पायक पर्ने लोकेशन र नेपाली खानाको गुणस्तरका कारण उक्त रेष्टुरेन्टले ग्राहकको मन जितिरहंदा सेफ केबी माथि चुनौती थपिएको छ अझ स्वादिष्ट खाना पस्कने । ‘मेरो आफ्नै किसिमको रेसिपी छ, टिपिकल नेपाली स्वाद बनाउंछु म’, सन् १९८३ मा यूके छिरेपछि यसैमा संलग्न वैद्यले भने, ‘नेपाली ग्राहकको चाहनालाई मध्यनजर गर्दै अब झोले मःम, थुक्पा र चाउमिन थप्दैछौं हामी ।’ यसअघि नै उक्त रेष्टुरेन्टमा मःम, भुटन, छोयला, सेकुवा जस्ता नेपाली र इन्डियन परिकारका सयौं मेनु छन् । ‘धेरै नेपाली ग्राहक रेष्टुरेन्टको नाम र लेआउटले झुक्किएको पाएं तर होइन । पहिला भन्दा झन् स्वादिष्ट खाना चखाउन म यहीं छु’, उनले प्रष्टयाए ।
ब्रेन्ट काउन्सिलका कर्मचारीको समेत रोजाइमा छ बिनोभा जिभी । काउन्सिलले एक पुस्तक तयार पार्दा वैद्यसंग ६ महिनासम्म खानाको रेसिपी, फुड एण्ड हाइजिनबारे जानकारी लिएको थियो । ब्रेन्ट काउन्सिलले उक्त रेष्टुरेन्टलाई फुड एण्ड हाइजिनमा फाइभ रेटिङ दिएको छ । नेपलिज विजनेश एसोसिएसनले केबी वैद्यलाई ‘वेष्ट सेफ अवार्ड’ दिएपछि त्यो सम्मानले आफूमा थप चुनौती आएको बताउंछन् उनी । दक्ष जनशक्ति अभाव भए यस पेशा अगाडि चल्न नसक्ने अनुभव वैद्यको छ ।
रेष्टुरेन्टमा सिटिङ क्षमता ६० जना र पार्टीका लागि एकसय जनासम्म अट्ने जनाउंदै सञ्चालक बीपी खनालले रेष्टुरेन्टले टेक वे डेलिभरी र आउट डोर क्याटरिङ सेवा समेत दिने बताए ।
यसैबीच, बिनोभाले अर्को शाखा छिट्टै ह्यारोमा खोल्ने भएको छ । सञ्चालक खनालले पिनर रोड, ह्यारोमा इन्डो चाइनिज खानासहित रेष्टुरेन्ट खुल्न लागेको जानकारी दिए । बिनोभा स्टयानमोरमा समेत चालु छ ।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा