लन्डन । वेम्ली ट्रायङगलमा सन् २००३ देखि सञ्चालित छ नेपाली रेष्टुरेन्ट गोर्खा भ्याली । केही महिनाअघिमात्र व्यवसायीहरु वी पी खनाल र विक्रम जोशीले गोर्खा भ्याली किनेर अहिले नाम फेरेका छन् बिनोभा जिभी । नाम फेरिएपनि रेष्टुरेन्टमा उही अनुभवी सेफ छन् के बी वैद्य (कृष्ण भगत) ।
पायक पर्ने लोकेशन र नेपाली खानाको गुणस्तरका कारण उक्त रेष्टुरेन्टले ग्राहकको मन जितिरहंदा सेफ केबी माथि चुनौती थपिएको छ अझ स्वादिष्ट खाना पस्कने । ‘मेरो आफ्नै किसिमको रेसिपी छ, टिपिकल नेपाली स्वाद बनाउंछु म’, सन् १९८३ मा यूके छिरेपछि यसैमा संलग्न वैद्यले भने, ‘नेपाली ग्राहकको चाहनालाई मध्यनजर गर्दै अब झोले मःम, थुक्पा र चाउमिन थप्दैछौं हामी ।’ यसअघि नै उक्त रेष्टुरेन्टमा मःम, भुटन, छोयला, सेकुवा जस्ता नेपाली र इन्डियन परिकारका सयौं मेनु छन् । ‘धेरै नेपाली ग्राहक रेष्टुरेन्टको नाम र लेआउटले झुक्किएको पाएं तर होइन । पहिला भन्दा झन् स्वादिष्ट खाना चखाउन म यहीं छु’, उनले प्रष्टयाए ।
ब्रेन्ट काउन्सिलका कर्मचारीको समेत रोजाइमा छ बिनोभा जिभी । काउन्सिलले एक पुस्तक तयार पार्दा वैद्यसंग ६ महिनासम्म खानाको रेसिपी, फुड एण्ड हाइजिनबारे जानकारी लिएको थियो । ब्रेन्ट काउन्सिलले उक्त रेष्टुरेन्टलाई फुड एण्ड हाइजिनमा फाइभ रेटिङ दिएको छ । नेपलिज विजनेश एसोसिएसनले केबी वैद्यलाई ‘वेष्ट सेफ अवार्ड’ दिएपछि त्यो सम्मानले आफूमा थप चुनौती आएको बताउंछन् उनी । दक्ष जनशक्ति अभाव भए यस पेशा अगाडि चल्न नसक्ने अनुभव वैद्यको छ ।
रेष्टुरेन्टमा सिटिङ क्षमता ६० जना र पार्टीका लागि एकसय जनासम्म अट्ने जनाउंदै सञ्चालक बीपी खनालले रेष्टुरेन्टले टेक वे डेलिभरी र आउट डोर क्याटरिङ सेवा समेत दिने बताए ।
यसैबीच, बिनोभाले अर्को शाखा छिट्टै ह्यारोमा खोल्ने भएको छ । सञ्चालक खनालले पिनर रोड, ह्यारोमा इन्डो चाइनिज खानासहित रेष्टुरेन्ट खुल्न लागेको जानकारी दिए । बिनोभा स्टयानमोरमा समेत चालु छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा