वेल्स । नेपालमा गएको महाभूकम्पमा वेल्सबासीबाट प्राप्त सहयोगका लागि धन्यवाद दिन नेपालीहरुले युकेको वेल्समा पैदलयात्रीका लागि बाटो बनाइदिएका छन् । स्थानीय नेपालीहरुको सो कार्यले हालै युकेको राष्ट्रिय निकुञ्ज स्वयंसेवी पुरस्कार पनि हात पारेको छ ।
सो कार्यका लागि वेल्सवासी नेपालीहरुले नेपलिज कम्युनिटी फुटपाथ ग्रुप बनाएका थिए । ब्रेकनदेखि फेनीफाच जाने पैदलयात्रामा पर्ने सो बाटो बनाउन उनीहरुलाई करिब छ महिना लागेको थियो । सो खण्डलाई गत सेप्टेम्बरमा ‘गुर्खा पाथ’ नामकरण गरिएको छ ।
गोरखा सैनिकहरु कार्यरत कम्पनी मण्डले सन् १९७४ देखि वेल्सको ब्रेकनमा अवस्थित छ । गोरखाहरुलाई सन् १९८५ मा सो शहरको मानार्थ नागरिकको मान्यता दिइएको थियो ।
नेपालमा भूकम्प गएपछि ब्रेकनमा रहेका गोरखा र उनका परिवारहरुले स्थानीयबासीहरुसित कपडा, ब्लांकेट, त्रिपाल, खानेकुरा संकलन गरी नेपाल पठाएका थिए । ब्रेकन नेपाली समाजका स्वयंसेवा संयोजक रिटायर्ड मेजर गुप्तमान गुरुङ (एमबीई) नेपाली समुदायले गरेको कठिन कार्यका लागि पुरस्कृत गरिएकोमा हर्ष लागको बताए । “हामीले यो योजना स्थानीय समाजमा अन्तरघुलन हुन सहयोग गर्ने उद्देश्यले शुरु गरेका थियौँ र यस्तो सम्मान र पुरस्कार पाइएला भनेर सोचेका पनि थिएनौ”, उनले भने ।
“मलाई विश्वास छ, अहिले पूरै नेपाली समाज खुशीले गदगद छ र यसले भविष्यमा अरु राम्रा र ठूला कार्य गर्न प्रोत्साहन गर्ने छ”, उनले थपे ।
टेलिभिजन कार्यक्रम कन्ट्री फाइलकी पूर्व प्रस्तोता जुलिया ब्राडवरी (जो सो अवार्डको निर्णायक पनि थिइन्) ले अस्क खोलाको आडमा पर्ने सो पैदल यात्रा मार्ग ब्रेकन नेपाली समाजले पुनस्थापित गरिदिएर स्थानीयबासी र पर्यटकहरुलाई सो क्षेत्रमा पुग्नसक्ने बनाइदिएको बताइन् । बहुसाँस्कृतिक समाजले पर्यावरणको ब्यवस्थापन र सबैलाई हित पुग्नेगरी गरेको यो कार्य उत्साजनक उदाहरण भएको उनले थपिन् । उनले भनिन्, “मलाई थाहा छ कि जो कार्य यहाँ गोरखाहरुले गरेका छन् त्यो असाध्यै शानदार छ भन्नेमा धेरै सहमत छन् ।”
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन