
काठमाडौँ, ५ माघ । दोस्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपको पदक विजेता खेलाडीसहितको टोली आज स्वदेश फर्किएको छ ।
श्रीलङ्काको कोलम्बोमा यही माघ २ र ३ गते भएको प्रतियोगितामा नेपालले पुरुष महिला रेगु र डबल्समा गरी चार स्पर्धामा सहभागिता जनाएकामा सबैमा रजत पदक हात पारेको थियो ।
पुरुषमा अनिल गुरुङ (कप्तान), एलन गुरुङ, रुपेश सुनार र रोशन तामाङ तथा महिलामा सोममाया थापा मगर (कप्तान), सुमित्रा डङ्गोल, चन्द्रा चौधरी र स्वस्तिका श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानले भाग लिएका थिए ।
प्रतियोगितापछि भएको दक्षिण एसियाली सेपाकताक्रो महासङ्घको चौथो बैठकले प्रतियोगिताको तेस्रो संस्करण २०१८ जनवरीमा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । पहिलो संस्करण पनि नेपालमै भएको थियो । टोलीलाई नेपाल सेपाकताक्रो सङ्घका पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
खुकुरी कप क्रिकेटःकेसिटिसी ए र बी विजयी
खुकुरी इनटीको आयोजनामा काठमाडौँमा जारी खुकुरी च्यालेन्ज कप क्रिकेट–२०१७ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौँ क्रिकेट टेर्निङ सेन्टर ए (केसिटिसी ए) र केसिटिसी बी टोलीले जित हासिल गरेका छन् ।
भक्तपुरस्थित वीरेन्द्र सैनिक विद्यालयको मैदानमा आज भएको खेलमा केसिटिसी ए ले एसएमसी बानेश्वर क्लबलाई १० विकेटले पराजित गर्दै जित हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको बानेश्वरले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ५१ रनको योगफल तयार गरयो ।
जवाफी ब्याटिङमा उत्रेको केसिटिसी ए ले ४ दशमलव ४ ओभरमा कुनै विकेट नगुमाई ५२ रन जोड्यो । केसिटिसी ए का लागि सुधिर चौधरीले २२ तथा सुमित महर्जनले २१ रनको योगदान दिए ।
यता बानेश्वरका ब्याट्सम्यान सुशील आचार्यले १४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बानेश्वरलाई कमैमा राख्ने क्रममा केसिटिसी ए का विपीन आचार्य र नन्दन यादवले तीन तीन विकेट लिए भने सुमित झा तथा सूर्य लामाले दुई दुई विकेट लिए ।
त्यसैगरी सोही मैदानमा आजै भएको अर्को खेलमा केसिटिसी बी ले पाण्डाज क्लबलाई ६ विकेटले पराजित गर्दै विजयी भयो । टस जितेर पहिले ब्याटिङ गरेको पाण्डाजले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन जोड्यो । पाण्डाजले दिएको ७० रनको चुनौतीलाई केसिटिसी बी ले ११ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।
नेपाली सेना, सशस्त्र प्रहरीसहित १६ टोली सहभागी उक्त प्रतियोगितामा विजेता टोलीले रु दुई लाख तथा उपविजेताले रु एक लाख पाउनेछन् ।
धरान क्वाटरफाइनलमा
पोखरा– सहारा क्लब पोखराद्वारा आयोजित १५ औँ आहा रारा गोल्डकप प्रतियोगितामा धरान फुटबल क्लब नेपाल एपिएफ क्लबलाई हराउँदै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
विभागीय टोली एपिएफलाई धरानले १–० ले हराएको हो । विजयसँगै धरानले यही माघ ९ गते लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयको १३ आँै मिनेटमा धरानका दीपक राई गोल हान्न सफल हुनुभएको थियो ।
प्रतियोगितापछि धरानका प्रशिक्षक सुवास केसीले आजको खेलमा क्लबको टोलीले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको बताउँदै अर्को खेलमा अझै राम्रो गर्ने जिकिर गर्नुभयो । प्रतियोगिताअन्तर्गत बिहीबारको खेल एएनए अमेरिका फुटबल टोली र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा