
लन्डन । क्षेत्री समाज बेलायतले आपतकालिन राहत कोष अभिवृद्धि गर्न विशेष च्यारिटी कार्यक्रम गर्ने भएको छ । यही शनिबार १४ जनवरीका दिन एम्पायर हल अल्डरसटमा कार्यक्रम गर्न लागिएको हो । आपतकालिन राहत कोष एवं कार्यक्रम संयोजक प्रतिमा केसीले च्यारिटीको तयारी पुरा भइसकेको जानकारी दिइन् ।
च्यारिटी डिनर सांझमा बेलायतका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी र श्रीमति पुनम सुवेदी, हाउस अफ कमन्स्का सदस्य एमपी बीरेन्द्र शर्मा, एनआरएनए बेलायतका अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए युरोप संयोजक कुल आचार्य लगायत समाजसेवी तथा विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहने छ । समाजले त्यसै दिन राजदूत दम्पत्तिलाई सफल कार्यकालको शुभकामना दिंदै स्वागत तथा सम्मान गर्ने कार्यक्रम समेत छ ।
क्षेत्री समाज यूकेले च्यारिटीबाट संकलित रकम समाजमा आपतविपतका बेला खर्चने जनाएको छ । यही च्यारिटीका लागि अहिले नै दश हजार पाउण्डको प्रतिवद्धता आएको केसीले जनाइन् ।
कोषमा नोभेम्बरसम्म ५ हजार पाउण्ड संकलन भएको थियो ।
समाजका अध्यक्ष धनबहादुर कुंवरले मानवीय सहयोगका लागि गर्न लागिएको च्यारिटीमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।
https://www.youtube.com/watch?v=1w4IcdieUB8&feature=youtu.be
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग