
लन्डन । क्षेत्री समाज बेलायतले आपतकालिन राहत कोष अभिवृद्धि गर्न विशेष च्यारिटी कार्यक्रम गर्ने भएको छ । यही शनिबार १४ जनवरीका दिन एम्पायर हल अल्डरसटमा कार्यक्रम गर्न लागिएको हो । आपतकालिन राहत कोष एवं कार्यक्रम संयोजक प्रतिमा केसीले च्यारिटीको तयारी पुरा भइसकेको जानकारी दिइन् ।
च्यारिटी डिनर सांझमा बेलायतका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी र श्रीमति पुनम सुवेदी, हाउस अफ कमन्स्का सदस्य एमपी बीरेन्द्र शर्मा, एनआरएनए बेलायतका अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए युरोप संयोजक कुल आचार्य लगायत समाजसेवी तथा विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहने छ । समाजले त्यसै दिन राजदूत दम्पत्तिलाई सफल कार्यकालको शुभकामना दिंदै स्वागत तथा सम्मान गर्ने कार्यक्रम समेत छ ।
क्षेत्री समाज यूकेले च्यारिटीबाट संकलित रकम समाजमा आपतविपतका बेला खर्चने जनाएको छ । यही च्यारिटीका लागि अहिले नै दश हजार पाउण्डको प्रतिवद्धता आएको केसीले जनाइन् ।
कोषमा नोभेम्बरसम्म ५ हजार पाउण्ड संकलन भएको थियो ।
समाजका अध्यक्ष धनबहादुर कुंवरले मानवीय सहयोगका लागि गर्न लागिएको च्यारिटीमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।
https://www.youtube.com/watch?v=1w4IcdieUB8&feature=youtu.be
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ