
काठमाडौँ, २७ पुस । नेपाल सरकारले अफगानिस्तानको विभिन्न भागमा गत मङ्गलबार भएको बर्बर र अमानवीय बम आक्रमणको घटना र गत आइतबार पूर्वी जेरुसलममा भएको सवारी आक्रमणको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै अफगानिस्तानको विभिन्न भागमा भएको बम आक्रमणमा परी संयुक्त अरब इटिरेट्स(युयई)का अधिकारीहरु र अन्य र्निदोष नागरिकको मृत्यु भई ठूलो क्षति पुगेकामा दुःख व्यक्त गरेको छ ।
नेपाल सरकारले यस दुःखद घडीमा अफगानी सरकार र त्यहाँका जनतालाई तथा बम बिस्फोटमा परी मृत्यु भएका युयइका नागरिकका आफन्तप्रति समवेदना प्रकट गरेको छ ।
यसैगरी गत आइतबार पूर्वी जेरुसलममा भएको सवारी आक्रमणमा परी चार इजरायली नागरिकको मृत्यु भएको तथा अन्य नागरिक घाइते भएको घटनामा नेपाल सरकारले दुःख व्यक्त गरेको छ ।
जुनसुकै प्रकारको आतङ्कवादलाई दण्डित र अन्त्य गरिनुपर्ने नेपाल सरकारको मान्यता रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारले इजरायली सरकार र घटनामा मृत्यु भएका परिवारप्रति पनि गहिरो समवेदना र सहानुभूति प्रकट गरेको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ