
काठमाडौँ, २७ पुस । नेपाल सरकारले अफगानिस्तानको विभिन्न भागमा गत मङ्गलबार भएको बर्बर र अमानवीय बम आक्रमणको घटना र गत आइतबार पूर्वी जेरुसलममा भएको सवारी आक्रमणको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै अफगानिस्तानको विभिन्न भागमा भएको बम आक्रमणमा परी संयुक्त अरब इटिरेट्स(युयई)का अधिकारीहरु र अन्य र्निदोष नागरिकको मृत्यु भई ठूलो क्षति पुगेकामा दुःख व्यक्त गरेको छ ।
नेपाल सरकारले यस दुःखद घडीमा अफगानी सरकार र त्यहाँका जनतालाई तथा बम बिस्फोटमा परी मृत्यु भएका युयइका नागरिकका आफन्तप्रति समवेदना प्रकट गरेको छ ।
यसैगरी गत आइतबार पूर्वी जेरुसलममा भएको सवारी आक्रमणमा परी चार इजरायली नागरिकको मृत्यु भएको तथा अन्य नागरिक घाइते भएको घटनामा नेपाल सरकारले दुःख व्यक्त गरेको छ ।
जुनसुकै प्रकारको आतङ्कवादलाई दण्डित र अन्त्य गरिनुपर्ने नेपाल सरकारको मान्यता रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारले इजरायली सरकार र घटनामा मृत्यु भएका परिवारप्रति पनि गहिरो समवेदना र सहानुभूति प्रकट गरेको छ ।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]