
लन्डन । सोंपाल समाज यूकेले गत ७ जनवरी, २०१७ का दिन लन्डन वेम्लीस्थित ओकिङटन म्यानर स्कुलमा गुरुङहरुको मौलिक पर्व ल्होछार भव्य रूपमा मनाएको छ । समाजले प्रवासमा समेत तमु संस्कृति र पहिचान बचाउन एवं यसलाई नयां पिंढीसम्म पुरयाउनुका साथै आपसी सम्बन्ध अझ प्रगाढ बनाउन ल्होछार मनाइएको जनाएको छ ।
ल्होछार कार्यक्रमको उद्घाटन समाजका जेष्ठ सदस्य चन्द्रबहादुर गुरुङ, अध्यक्ष चन्द्रबहादुर गुरुङ र उपाध्यक्षहरु श्रीप्रसाद गुरुङ र युक्त बहादुर गुरुङले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष श्री प्रसाद गुरुङले दिए भने आमा समूहकी अध्यक्ष नयेन्द्र गुरुङ लगायत आमाहरुले सबैको सुख समृद्धिको कामना गर्दै वुद्ध भजन गाए ।
उक्त कार्यक्रम सञ्चालन समाजका महासचिव जगदीश गुरुङ र बिएफबिएस पूर्व कार्यक्रम सञ्चालिका निलम गुरुङले गरेका थिए ।
कार्यक्रमका अवसरमा कोषाध्यक्ष शंकर गुरुङले समाजको आय व्यय विवरण प्रस्तुत गरे । कार्यक्रलाई आकर्षक बनाउन राफल पुरस्कारको ब्यवस्था पनि गरिएको थियो जसमा प्रथम पुरस्कर सल्लाहकार जुम प्रसाद गुरुङ, दोश्रो पुरस्कर क्या. राम काजी गुरुङ र अन्य पुरस्कारहरु निवर्तमान अध्यक्ष राम गुरुङ, उपाध्यक्ष युक्त बहादुर गुरुङ, सल्लाहकार धनप्रसाद गुरुङ र सल्लाहकार धन माया गुरुङले गरेका थिए ।
कार्यक्रमका सहभागीलाई क्या. प्रेम बहादुर गुरुङ, श्रीमती रत्न गुरुङ, खड्काबहादुर गुरुङ, कुलप्रसाद गुरुङ र श्रीमती नयेन्द्र गुरुङले निशुल्क पेय पदार्थ उपलब्ध गराएका थिए । सम्मान कार्यक्रम यस पटक अलिक भिन्न गरियो । कार्यक्रममा सहभागी चेलीबेटी र ज्वाईंहरुलाई पस्मिना र मफलर ओढाइ सम्मान गरिएको हो ।
कार्यक्रममा नेपालबाट हालै बेलायत आएका, नयां घर खरिद र व्यापार ब्यवसायमा आवद्ध, विवाह, नयां जन्म साथै जिसिएसइ, ग्रयाजुएसन र मास्टर्स डिग्रीमा सफलता हासिल गर्ने विद्यार्थीलाई विगत वर्ष जस्तै सम्मान गरिएको थियो । यसका साथै गत वर्ष नेपाली मेला (एम्बेसडर कप २०१६) मा दोस्रो हुन सफल रोधी परिवारका छोराछोरी हरुलाई पनि सम्मान गरिएको थियो ।
मनोरञ्जन कार्यक्रमका लागि सांस्कृतिक सचिव नवराज गुरुङ र उनको टिम सक्रिय भएको थियो । उक्त अवसरमा स्थानीय कलाकारहरुले विभिन्न आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने सल्लाहकार दिपक गुरुङको विशेष पहलमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु मनोज गुरुङ र मिलन आमात्यको गीत संगीतले सबैलाई भरपुर मनोरञ्जन गराएको थियो । साउण्ड र डिजेमा सपन इन्टरटेनमेन्ट लिमिटेडले व्यवस्था गरेको थियो । समस्त कार्यसमिति र अन्य शुभचिन्तकको सहयोगले कार्यक्रम सफल भएको ल्होछार कार्यक्रम संयोजक तेजबहादुर गुरुङले बताए ।
तस्विरहरुः मिलन तमु
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग