
लण्डन । स्वर्गीय पत्रकार कर्ण बोहोराको परिवारको सहयोगका लागि नेपाल पत्रकार महासङ्घ युके शाखाद्वारा संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ ।
बुधबार नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय सन्चारग्राम सिनामंगलमा अायाेजित एक कार्यक्रममा शाखाका सल्लाहकार भगिरथ योगीले महासंघका अध्यक्ष डा महेन्द्र विष्टलाई शाखाले संकलन गरेको दुई लाख रूपैयाँ हस्तान्तरण गरे ।
सो अवसरमा अध्यक्ष विष्टले युके शाखाको कार्यको प्रसंशा गर्दै हस्तान्तरण गरिएको सहयोग चाँडै परिवारलाई बुझाउने जानकारी दिए ।
सल्लाहकार योगीले स्वर्गीय बोहोराको परिवारलाई शाखाका तर्फबाट सानो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै श्रीमती ममता बोहोराको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
कार्यक्रमको सन्चालन कोषाध्यक्ष सूर्यमणि गाैतमले गरेका थिए ।
नेपालको सुदुरपश्चिमलाई कार्यथलो बनाउदै पत्रकारिता गरेका ३८ वर्षीय बोहोराको मिर्गाैलापीडित श्रीमतीको कुरूवा बसेको अवस्थामा मंसिर १० गते निधन भएको थियो ।
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी