लन्डन । तमु प्ये ल्हु संघ यूकेले बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा उनकी धर्मपत्नी श्रीमति पुनम सुवेदीलाई एक विशेष कार्यक्रम आयोजना गरी स्वागत तथा सम्मान गरेको छ । गत १९ डिसेम्बर, सोमबार गोल्डेनसीप रेष्टुरेण्ट ह्यारो, लन्डनमा कार्यक्रम आयोजना गरिएको हो ।
नेपाली राजदूतावास र तमु प्ये ल्हु संघ यूकेको गहिरो सम्बन्ध अझ प्रगाढ बनाउदै लैजान र नवनियुक्त महामहिम राजदूत डा. सुवेदी र संघका पदाधिकारीबीच परिचय गराउन आयोजना गरिएको उक्त कार्यक्रम संघका अध्यक्ष सोम त्होर्जे तमुको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा संघको परिचय तथा औचित्य, बेलायतमा रहेका गोर्खालगायत नेपाली समुदायको वर्तमान अवस्था र तमु प्ये ल्हु संघ यूकेले गरेका कार्य, तमु जातिको प्येताँ ल्हुताँ र ऐतिहासिक पृष्ठभूमि, सामुदायिक भवन तथा क्होँईवोँ निर्माण योजनाबारे संघका सचिव भेग च्हाक्ली तमु, पूर्व सल्लाहकार डा. चन्द्र बहादुर प्ल्होने–लेम तमु, प्राध्यापक नारायण ल्हेँगे तमु र प्रमुख सल्लाहकार तथा निर्माण समितिका संयोजक क्या. डेम बहादुर योज तमुले राजदूतलाई अवगत गराएका थिए ।
कार्यक्रममा राजदूत सुवेदी र उनकी धर्मपत्नी सुवेदीलाई संघका अध्यक्ष सोम त्होर्जे तमु र उनकी धर्मपत्नी श्रीमती बविता प्हच्यु तमुले क्रेगी, भांग्रा र क्रमु ओढाई पुष्पागुच्छाले स्वागत तथा सम्मान गरेका थिए । सम्मानपछि छोटो मन्तव्य राख्दै सुवेदीले संघले ल्याएको योजना तथा अन्य कार्यमा आफ्नो स्थानबाट हुन सक्ने सबैखाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । तमु प्ये ल्हु संघले गरेको सम्मानको प्रशंसा गर्दै उनले संघसँग सहकार्य गर्दै जाने र सधैँ माया पाइरहने अपेक्षासहित दूतावासको तर्फबाट सदा माया र सद्भाव बाँडिरहने बताए ।
उनले सन् २०१७ मार्च सम्ममा नेपाल र बेलायत सम्बन्धको २०० वर्ष पूरा भएको अवसरमा सप्ताहव्यापी महोत्सव गर्ने तयारी गरिरहेको र सो महोत्सवमा सबैलाई सहयोग गरिदिन पनि आग्रह गरे ।
आयोजक संस्थाका अध्यक्ष सोम त्होर्जे तमुले नवनियुक्त राजदूतले शुरु गरेको कदम र प्रतिवद्धताहरुको स्वागत गर्दै तमु प्ये ल्हु संघ यूकेले दूतावाससँग नजिक रहेर सदा सहकार्य गर्दै जाने र दूतावासले आयोजना गर्न गइरहेको महोत्सवमा संघले पूर्ण रुपमा सहयोग र सहभागिता जनाउने वचन दिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’