प्लमस्टिड । नेपाली साहित्यका शिखरहरु लैनसिंह बांग्देल, भूपि शेरचन, मास्टर मित्रसेन थापा र स्व. स्वर सम्राट नारायण गोपालको जन्मदिवस कार्यक्रम सम्पन्न भएको छ । गत १८ डिसेम्बर, २०१६ का दिन लन्डन प्लमस्टिडमा कार्यक्रम भएको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत र विश्व नेपाली साहित्य महासंघ साउथ यूकेको सयुंक्त आयोजनामा भएको उक्त कार्यक्रम दुई चरणमा विभाजित थियो । कार्यक्रमको प्रथम चरण प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) को हातबाट पानसमा बत्ती बालेर औपचारिक शुभारम्भ गरिएको थियो ।
राजदूत डा. सुवेदी, अनेसास बेलायतका पूर्व अक्ष्यक्ष सल्लाहकार डा. रुपक श्रेष्ठ, वर्तमान अध्यक्ष सुमल गुरुङ, बिनेसा केन्द्रका अध्यक्ष विश्वासदीप तिगेला, सोही संस्था साउथ यूकेका अध्यक्ष बिजय हितान मगर लगायत उपस्थित सदस्यहरुले चारवटै श्रष्टाहरुको तस्विरमा पुष्पगुच्छा र खादाले मल्यार्पण गर्दै श्रद्धासुमन अर्पण गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार डा. रुपक श्रेष्ठ र अध्यक्ष गुरुङले खादा र फूलको माला लगाएर राजदूत डा. सुवेदीलाई सम्मान गर्दै सफल कार्यकालका लागि शुभकामना दिए । सोही कार्यक्रमको अवसरमा अनेसास अध्यक्ष सुमलकुमार गुरुङका भर्खर प्रकाशित दुई कृति ‘फेरि हङकङको सेरोफेरो’ (यात्रा संस्मरण) र ‘खोज्दै छु नेपाल’ (कविता सङ्ग्रह) राजदूत सुवेदीको हातबाट लोकार्पण गरियो ।
अनेसासकी उपाध्यक्ष लक्ष्मी राई (लारा) र सोही संस्थाका महासचिव सन्तोष कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा बिनेसा साउथ यूकेकी महासचिव जानुका राईले स्वागत मन्तब्य दिएकी थिइन् । कार्यक्रममा मास्टर मित्रसेन थापाको बारेमा बिजय हितान, भूपि शेरचनबारे डा. रुपक श्रेष्ठ, लैनसिंह बाग्देलको बारेमा विश्वासदीप तिगेला र स्व. नारायण गोपालबारे शिवजी श्रेष्ठले प्रकाश पारेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा संगीतिक र सहित्यिक प्रस्तुतिहरु भए । गोकुल भण्डारी, बीरु मुकारुङ, नरेशमणी काङ्माङ राई, नारायण कंडेल, शुशिला प्रजापति, रेखा खरेल, खगेन्द्र नेपाली, फडिन्द्र भट्राई, बलबहादुर बुढा मगर, डा.बच्चु कैलाश कैनी, करिश्मा घम, इश्वर चाम्लिङ्ग, सुमाया राई, घन थापा मगर, हिक्मतसिंह रोक्का लगायत तीन दर्जनभन्दा बढी सर्जकले साहित्यिक सृजनाहरु वाचन गरेका थिए ।
कार्यक्रममा बेलायतमा स्थापित युथ ब्याण्डका गायकहरु सुदर्शन गुरुङ, लोचन गुरुङ र दिपेन्द्र गुरुङले आधा दर्जन जति लोकप्रिय नेपाली रिमिक्स गीत गाएर दर्शकहरुलाई छमछमी नचाए । हाल बेलायतमा गायनमा चर्चित थिर थापा मगरले मास्टर मित्रशेन थापाका गीत मलाई खुत्रुक्कै पारयो जेठान तिम्रै बहिनीले…बोलको कालजयी गीत गाएर स्रोताहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए । त्यस्तै कलाकार जीवनपकाश राईले पनि भूपि शेरचनको यो नेपाली शीर उचाली…गीतको धुनलाई सारंगीमार्फत बजाएर सबैलाई मन्त्रमुग्ध पारे ।
सांगीतिक कार्यक्रमपछि प्रमुख अतिथि राजदूत डा. सुबेदीले संस्थाले आफूलाई सम्मान गरेकोमा कृतज्ञता व्यक्त गरे । उनले बेलायतबासी सबै नेपालीका जातीय संस्कार, संस्कृति, साहित्य, संगीत लगायत सम्पूर्ण क्षेत्रको विकास र विस्तारका लागि दूतावास सबै समुदायहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने वचन पनि दिए । सुबेदीले आफ्नो तन, मनबाटै सहित्यिक सर्जकहरुसंग सद्भाव बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रमको अन्तमा अध्यक्ष गुरुङकी जीवनसाथी सारादेवी गुरुङले उपस्थित सबैलाई धन्यवाद दिएकी थिइन् भने अध्यक्ष गुरुङले पनि भावी दिनमा बेलायतबासी सबै साहित्य र संगीतप्रेमीहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने