लन्डन । काभ्रेपलाञ्चोक सानो बाङथली ७ की ३२ वर्षीया लक्ष्मी परियारको कुटपिटपछि हत्या गरिएको भन्ने खबरप्रति आदिवासी जनजाति महिला महासंघ बेलायतले घोर भर्तसना गरेको छ ।
स्थानीय सूर्योदय माध्यमिक विद्यालयका शिक्षक गोदामचौर निवासी हिरा लामा र निजकी आमा काईंली माया लामा लगायतले कुटपिट तथा मलमुत्र खुवाए लगत्तै परियारको हत्या भएको समाचार प्रकाशमा आइरहंदा महासंघको विज्ञप्ति आएको हो ।
महासंघकी अध्यक्ष कमला थापा र महासचिव विमला सेनेले एक विज्ञप्ति प्रकाशित गर्दै अत्यन्त निन्दनीय, संवेदनाहीन र अमानवीय उक्त घट्नाका दोषीलाई कानुनी कठघरामा उभ्याएर कडा कारवाही गरियोस् भन्ने जोडदार माग गरेका छन् । विज्ञप्तिमा पीडित परिवारलाई न्यायोचित र अधिकतम रकम क्षतिपूर्ति उपलव्ध गराउन पनि माग छ ।
विज्ञप्तिमा भर्खरै पाल्पा निवासी नरबहादुर पुलामी मगरको छोरी २४ वर्षीया बिनु थापा पुलामी मगर र तनहुं ७ फुर्ङदी पाल्पाका लक्ष्मण बस्यालका छोरा २७ वर्षीय दिपेन्द्र बस्यालबीच बिबाह भएकामा दिपेन्द्रका बाबु लक्ष्मण बस्याल र उनकी आमाले जातीय भेदभावकै कारण आफंू जिउदो रहंदासम्म उक्त बिबाह अस्वीकार गर्ने भनेपछि बिनुको हत्या भएको जनाउंदै लगातार यस किसिमको अक्षम्य एवं निकृष्ट शैलीको रुदीवादी, जातीय भेदभाव, छुवाछुत र महिला हिंसाको घट्नाप्रति घोर भर्तसना गरिएको छ ।
अहिले नेपालमा माथिका जस्ता रुदीवादी, जातीय र लैंगिक विभेदको असर महिलामाथि लगातार पर्न गएको उल्लेख गर्दै विज्ञप्तिमा यस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको आक्षेप लगाइ गहिरो क्षोभ समेत प्रकट गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा