काठमाडौं। हिमपातको कारण डोल्पा र मुस्ताडको सिमाक्षेत्रमा थप आठ वटा शव फेला परेको छ। शुक्रबार साँझ स्थानीय बासिन्दाले खबर गरेपछि शनिबार बिहानै नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ लागेको नेपाल टेलिभिजनले जनाएको छ ।
घटनास्थल उपल्लो डोल्पाको छार्का र मुस्ताङको साङ्ता नजिकै भएको बताइएको छ। सो क्षेत्र उपल्लो डोल्पा पैदलमार्गमा पर्दछ।
पछिल्लो समय सो क्षेत्र नेपाली र विदेशी पर्यटक माझ पद यात्राका लागि लोकप्रिय बन्दै गएको छ । जोमसोमबाट सो क्षेत्रमा पैदल पुग्न तीन दिन लाग्छ । नेपाली सेनाले सो क्षेत्रबाट शुक्रबार मात्रै ८ विदेशी र सात नेपालीको उद्दार गरेको थियो।
यसैबीच ट्रेडिङ एजेन्सी एसोसिएसन अफ नेपाल(टान)ले मुस्ताङ र डोल्पा जोड्ने साङ्दा भञ्ज्याङ(५४९० मिटर)मा स्वीस पर्यटक अलपत्र परेको जानकारी आएपछि उद्दार टोली त्यसतर्फ लागेको जनाएको छ।
टानले मुस्ताङको थोराङ ला भञ्ज्याङमा शनिबार बिहानै उद्दार कार्य परिचालन गरिएको जनाएको छ । यसअघि मनाङ, मुस्ताङ र म्याग्दीमा गरी कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
विचार : सहजताको मूल्य र गोपनीयता
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका