
लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल यूकेले शनिबार विविध लोक सांस्कृतिक कार्यक्रम गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रम पृथक देखिन्थ्यो । कार्यक्रममा प्रत्यक्ष लोक दोहोरी देखि लाखे नाच, झ्याउरे नाच, तामाङ सेलो, सोरठी, च्याब्रुङ नाच, रोइला, कौडा नाच, भोजपुरी नाच लगायत आकर्षण रहे । नौमती बाजाको धुनले पनि दर्शकको मन जित्यो ।
झण्डै दुई घण्टा ढिलो कार्यक्रममा आइपुगेका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले प्रतिष्ठानले प्रवासमा समेत लोक गीत संगीत संरक्षण र संवद्र्धन गर्ने कार्य गरेकामा प्रशंसा गरे । आफ्नो कला संस्कृति र आफू जन्मे हुर्केको माटो अनि बाटो जुनसुकै कुनामा बसेपनि भुल्न नहुने उनको टिप्पणी थियो ।
अध्यक्ष मोहन गुरुङले बेलायतमा समेत लोक तथा दोहोरी गीतको संवद्र्धन, संरक्षण र उत्थानका लागि प्रतिष्ठानले पहल गरिरहेको बताए ।
कार्यक्रममा लोक गायक गायिका सम्झना लामिछाने मगर, कल्पना सिरपाल, मधुसुदन थापा, सृजना गुरुङ, सन्जय नेपाली र दिलीप लिम्बुले गायन प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष हिराधन राई विशिष्ट अतिथी थिए भने गुल्मी जिल्ला समाज यूके अध्यक्ष राम गलामी, मोना यूके अध्यक्ष कमलबहादुर पूर्जा, गेसो अध्यक्ष कृष्णकुमार राई लगायत सयौं सहभागी थिए । कार्यक्रममा उपाध्यक्ष टंक शेरचनले स्वागत मन्तव्य दिए भने कलाकारहरुलाई प्रमाणपत्र दिइएको थियो ।
तस्विरहरुः मिलन तमु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित