लन्डन । लन्डनस्थित नेपाली दूतावासमा बेलायतको सबैभन्दा उच्चतम मिलिट्री अवार्ड भिक्टोरिया क्रस (भिसी) विजेता १३ जना भूपू गोर्खाको तस्विर राखिने भएको छ । बेलायत नेपाल दौत्य सम्बन्धको दुई सय वर्ष गांठ समापन समारोहमा तस्विर अनावरण गर्न लागिएको हो ।
आइतबार सांझ दूतावासमा आयोजित कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले बहादुरी पदक भिक्टोरिया क्रस पाउने १३ जनाको तस्विर स्थायी रुपमा दूतावास हलमा अनावरण गरेर सतवार्षिकी महोत्सव शुभारम्भ गरिने जानकारी दिए । ‘हामीले महोत्सव सार्थक र रचनात्मक कार्यक्रमसहित भव्य र सभ्य रुपमा हुने आशा लिएका छौं’, सुवेदीले भने ।
०१७ को मार्च महिनासम्म गरिने सप्ताहव्यापी महोत्सव संयोजन गर्ने जिम्मा उपनियोग प्रमुख शरदराज आरणलाई दिइएको छ । समापन विशेष समारोहका क्रममा भिसी विजेताको तस्विर अनावरण, पेन्टिङ र फोटो प्रदर्शनी, फुड फेस्टिबल, कल्चरल फेस्टिबल, बेलायत नेपाल सम्बन्धबारे अन्तरक्रिया, पुस्तक विमोचन लगायत कार्यक्रम प्रस्ताव गरिएको आरणले जनाए । महोत्सवमा बेलायती राजदरबार र सरकारबाट उच्चस्तरिय प्रतिनिधित्व रहने दूतावासले जनाएको छ ।
बेलायती महारानीलाई डिसेम्बर १ मा ओहदा प्रमाणपत्र बुझाएको खुशीयाली बांड्न र बेलायत नेपाल दौत्य सम्बन्धको दुई सय वर्षगांठ विशेष समापन समारोह मनाउनेबारे जानकारी दिन आयोजित उक्त समारोहमा लन्डनबाहेक आयरल्याण्ड, स्कटल्ल्याण्ड, म्यानचेष्टरबाट समेत ओइरिएका नेपालीले हल खचाखच थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा. सुवेदीले ओहदा बुझाएको दिनलाई कुटनीतिक जीवनकै महत्वपूर्ण र उपलब्धिको दिन ठानेको बताए । डा. सुवेदीले कुराकानीका अवसरमा बेलायती महारानीमा नेपाल र नेपालीप्रति स्नेह, सामिप्य र आदरको भावना रहेको पाएको बताए । ‘महारानीमा यूकेका नेपालीप्रति उच्च प्रेम र कृतज्ञताको भावना रहेको पाएं’ उनले भने । रानीले गोर्खाहरुको बहादुरी, बफादारीता, इमान्दारिता, कर्तव्यनिष्ठासहित उच्च कदर र प्रशंसा गरेको पनि सुवेदीले सुनाए ।
राजदूतले बेलायत नेपाल २०० वर्ष देखिको मैत्रीपूर्ण सम्वन्ध अझ सुदृढ, प्रगाढ बनाउने र त्यो घनिष्ठ सम्वन्ध जनस्तरसम्म विस्तार गर्नु आफ्नो पहिलो कर्तव्य भएको बताए । डा. सुवेदीले कुटनीतिका माध्यमबाट नेपालको सर्वाङगीण विकासमा योगदान गर्दै बेलायतमा नेपाल र नेपालीको शीर र स्वाभिमान उच्च र अक्षुण राख्नु आफ्नो कर्तव्य भएको पनि बताए ।
बेलायतको नेपाली समुदायबाट सकारात्मक सुझाव, सल्लाह, सद्भावना, सहयोग र हौसलाको अपेक्षा गर्दै उनले दूतावासलाई आफ्नै घर सरह मान्न आग्रह गरे । ‘दूतावास सबैको साझा छहारी हो, नेपालीलाई कुनै आपतविपत पर्दा दूतावाले ओत र आड दिनेछ’, उनले भने, ‘यो सबैको आस्था र भरोसाको केन्द्र हो । जुनसुकै राजनीतिक, धार्मिक, जातीय र सांस्कृतिक आस्था बोकेका समस्त नेपालीको साझा थलो पनि हो यो । यहां कसैलाई भेदभाव हुन्न ।’
उनले दूतावासमा साना तर सार्थक कामबाट सुधार थालिएको जनाए । दूतावासलाई सेवाग्राहीमैत्री र प्रविधि मैत्री बनाउने जनाउंदै उनले कन्सुलर सेवाको समय थप गरिएको, टेलिफोन, इमेलको तत्काल रेस्पोन्स गर्न शुरु गरिएको बताए ।
आफू कुरा मात्र होइन, काम गर्ने मान्छे हुं भन्दै उनले अगाडि भने, ‘कुटनीतिक कर्मचारी हो म । २९ वर्ष व्यतित गरेको कुटनीतिज्ञ हुं । म रचनात्मक र सकारात्मक सुझाव अपेक्षा गर्छु तर प्रलोभन र प्रभावमा नपर्ने, दबाबमा पनि काम नगर्ने मेरो स्वभाव छ ।’ दूतावास सबै संघसंस्थासंग सहकार्य गरेर अघि बढ्ने उनले बताए ।
उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा सर्वोच्चका न्यायधिश ओमप्रकाश मिश्र, सांसद डा. गणेशकुमार मण्डल, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, मेजर (रि) डमर घलेले मन्तव्य दिएका थिए भने फडिन्द्र भट्टराई, कोमल मल्ल, घनबहादुर थापा, विश्वासदीप तिगेला लगायतले कविता वाचन गरे ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ