अटिजम केयरलाई बेलायतबाट सहयोग

15326372_1172156306154334_2039382458301548119_n
लन्डन । नेपलिज वुमन असोसिएसन यूकेले अटिजम केयर नेपाललाई २ लाख ६० हजार रुपैयां सहयोग गर्ने भएको छ । असोसिएसनले शनिबार दूतावास भवनमा आयोजित आफ्नो वार्षिक कार्यक्रममार्फत संकलित रकम तीनहजार ९० पाउण्डमध्ये २ हजार पाउण्ड नेपाल पठाउने निर्णय गरेको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले असोसिएसनको सामाजिक काम र उसले महिला सशक्तिकरणमा निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरे । असोसिएसन अध्यक्ष आरती श्रेष्ठले अटिजम केयर नेपालका गतिविधि प्रष्टयाउंदै सहयोग गर्नुका कारणबारे बताइन् । उनले संस्थाले महिला हित र नेपालमा आपतविपतका बेला अग्रपंक्तिमा काम गरिरहेको पनि जनाइन् । इलिङ काउन्सिलका डेपुटी लिडर काउन्सिलर रन्जित धिरले पनि संस्थाको सामाजिक कामबारे बोले ।

15439709_10157981712535457_4676499383360281072_n

लक्ष्मी राई (लारा) ले सञ्चालन गरेको उक्त कार्यक्रममा संरक्षक राजदूत पत्नी पुनम सुवेदीले सहयोगीलाई प्रमाणपत्र दिएकी थिइन् ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत गरियो । उक्त अवसरमा प्रसुना कंडेलले नाच देखाएकी थिइन् भने डमर सुब्बा, प्रमोद शर्मा लगायतको टिमले लाइभ संगीत प्रस्तुत गरेको थियो ।

कार्यक्रमको शुरुमा दुवै देशका राष्ट्रिय गान बजाइयो भने असोसिएसन सदस्यहरुले मन्त्र उच्चारण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री