लण्डन । मगर संघ युके केन्ट शाखाको अध्यक्षमा विजय हितान निर्विरोध निर्वाचित भएका छन् ।
शाखाको फोल्कस्टोनस्थिन चेरिटन बलिंग सेन्टरमा सम्पन्न अधिवेसनले हितानलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।
निर्वाचन समितिका सदस्यसचिव रुद्र थापाले दिएको जानकारीअनुसार नवगठित समितिको उपाध्यक्षमा मधुराम रानामगर, महासचिवमा ईश्वर आलेमगर, सचिवमा पदमसुन्दर गर्बुजामगर, कोषाध्यक्षमा रामु थापामगर, सहकोषाध्यक्षमा दिल थापामगर चुनिएका छन् ।
यस्तै सदस्यहरुमा साँस्कृतिक संयोजक रीना थापामगर, सहसंयोजक ज्योति रजालीमगर, खाद्य संयोजक रिम काउछामगर र सहसंयोजकमा कर्ण रानामगर, खेलकुद संयोजक सूर्य रानामगर र सहसंयोजकमा डम्बर थापामगर, प्रोपर्टी संयोजकमा याम थापामगर र सहसंयोेजकमा दलबीर गाहामगर, पेयपदार्थ संयोजक ज्ञान रानामगर र सहसंयोजकमा लेख पुनमगर, मिडिया संयोजकमा मान थापामगर र सहसंयोजकमा विनोद बुढाथोकीमगर, कर्मकाण्ड संयोजकहरुमा अमर पुनमगर र पदम बलम्पाकीमगर तथा यातायात संयोजकमा जीवन श्रीश निर्वाचित भएका छन् ।
यस्तै, युवातर्फ जीत पुन, उमा मगर, सोमराज थापा र रिनु थापाले संयोजनको जिम्मा पाएका छन् भने क्षेत्रीय प्रतिनिधिहरुमा क्यान्टरबरीबाट दुर्गा आले, मेडिस्टोनबाट बुद्धिलाल गाहा, मेडिस्टोन आर्मी क्याम्पबाट सार्जेन्ट डेकराज थापा, फोल्कस्टोन आर्मी क्याम्पबाट कर्पोरल सचिन मगर टुआरजिआर र सार्जेन्ट दीपक बुढामगर वानआरजिआर रहेका छन् ।
यसअघि अध्यक्ष उत्तर मगरको अध्यक्षतामा भएको बन्दसत्रमा महासचिव ईश्वर आले र कोषाध्यक्ष नुन थापाको प्रतिवेदन पारित गरिएको थियो । त्यसपछिको निर्वाचन सत्र निर्वाचन आयुक्त हिक्मतसिंह रोकाको अध्यक्षता र सचिव रुद्र थापाको संचालनमा भएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हितानले प्रतिवद्धता मन्तब्य व्यक्त गरेका थिए ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह