लण्डन । युकेको वोकिङमा शुक्रबार राति भएको सडक दुर्घटनामा एक नेपाली महिलाको निधन भएको छ ।
बेलायतको स्थानीय समयअनुसार राति करिब ८.४५ बजे वोकिङको मोनुमेण्ट रोडमा भएको सडक दुर्घटनामा पैदल हिँडिरहेकी ४९ वर्षीय राधिका गुरुङको मृत्यु भएको हो । स्थानीय सर्रे प्रहरीले सोको पुष्टी गरेको छ ।
आर्नोल्ड रोडको जंक्सन नजिकै भएको सो दुर्घटनामा सेतो रंगको बीएमडब्यु कार र नीलो रंगको पेजट कार आपसमा ठोक्किएको र नीलो कार उछिट्टिएर पुटपाथमा हिँडिरहेकी राधिकामाथि बज्रिन पुगेको बताइएको छ ।
उनलाई तत्कालै घटनास्थल आइपुगेका पारामेडिक्सले उपचार गरे पनि केही बेरमै मृत घोषणा गरेको स्थानीय गेटसर्रे डटकमले जनाएको छ ।
संखुवासभा मच्छेपोखरी ६ घर भएकी गुरुङ सातौँ गोरखा राइफल्सका पूर्व गोरखा सैनिक (२११६३७१७) धर्मराज गुरुङकी पत्नि रहेको संखुवासभा समाज युके तथा संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् (सम्योजन) समितिका संयोजक गणेश रानामगरले जानकारी दिए । धर्मराज गुरुङ संखुवासभा समाज युकेको संरक्षक र संखुवासभा समाज हङकङको संस्थापक संरक्षक हुन् भने स्वर्गीय श्रीमती राधिका गुरुङ संखुवासभा समाज युके महिला समितिकी वरिष्ठ सदस्य थिइन् ।
दुर्घटना भएका बखत श्रीमती गुरुङ काम सकेर घर फर्कदै गरेको बताइएको छ । सदा घर फर्कने समयसम्म पनि उनी घर नआएपछि परिवारले उनको मोवाइलमा सम्पर्क गर्दा प्रहरीले फोन उठाएर घटनाका बारेमा जानकारी दिएको परिवारलाई उद्धृत गर्दै रानामगरले बताए ।
उनको एक छाेरा इन्जिनियर मिराज गुरुङ र चार छाेरीहरु मेजिना, मिसान, सोफिन र रोजिना छन् ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा