लन्डन । बेलायतस्थित नेपाली डायष्पोरासंग अति निकट छन् बेलायती सांसद बीरेन्द्र शर्मा । लन्डन इलिङ तथा साउथहल क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद शर्माको सहभागिता नेपालीका हरेक महत्वपूर्ण कार्यक्रममा निश्चित जस्तै छ । भूपू गोर्खा आन्दोलनमा उनको ऐक्यवद्धता कहिल्यै टुटेन । ‘म नेपालीबाट पाएको आतिथ्य, माया र सद्भावले प्रसन्न छु’, शर्माले भने ।
ब्रिटेनको सर्वदलीय संसदीय समूह (नेपाल) का सभापति सांसद शर्मा नोभेम्बर तेश्रो साता नेपाल घुमेर फर्किए । उनले पशुपति मन्दिर दर्शनदेखि वरिष्ठ राजनीतिज्ञलाई भेटे । नेपाल भ्रमणको चांजोपांजो महिला समाजसेवी आरती श्रेष्ठले मिलाएकी थिइन् । नेपलिज वुमन असोसिएसन यूकेकी अध्यक्ष हुन् आरती । शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, प्रिजनर्स असिस्टेन्स नेपालकी अध्यक्ष इन्दिरा रानामगर, काठमान्डूस्थित बेलायती राजदूत, भूपू गोर्खा र तिनका परिवार, अटिजम केयर नेपाल प्रतिनिधि लगायतलाई भेटेका थिए । उनी भूकम्प पीडितहरुको सहयोगार्थ आयोजित च्यारिटीमा समेत सामेल भए ।
‘नेपाल भ्रमण अविष्मरणीय रह्यो’, चौंथो पटक नेपाल घुमेर फर्किएपछि शर्माले भने, ‘बेलायत नेपाल सदियौं लामो ऐतिहासिक सम्वन्ध, नेपालीको आत्मिय भाव, भूपू गोर्खा मुद्दा र भूकम्पपछि पुनर्निर्माण प्राथमिकताले पनि मलाई नेपाल घुम्न प्रेरित गरिरहेको छ ।’
आफू भूपू गोर्खाका लागि लडिरहेको जनाउंदै शर्माले उनीहरुलाई समान पेन्सन दिइनुपर्ने आफ्नो अडान दोहोरयाए । ‘अध्यागमन समस्याले भूपू गोर्खाका परिवार दुईतिर छरिएका छन् । उनीहरुलाई निसर्त आवासीय अधिकार दिइनुपर्छ’, उनको माग छ ।
नेपाल सरकारको आग्रहमा बेलायतले भूपू गोर्खा मुद्दामा वार्ता गर्न ढोका खुल्ला रहेको बताएपछि शर्माले वार्ताले सकारात्मक नतिजा ल्याउने आशा समेत व्यक्त गरे । ‘आगामी सातादेखि पहिलो चरणमा कुटनीतिक स्तर र पछि मन्त्रीस्तरिय वार्ता हुनेछ । यसबाट म आशावादी छु’, उनले भने ।
सांसद शर्माले बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने आफ्नो पहिलो प्राथमिकता रहेको पनि जानकारी दिएका छन् । नेपाल भ्रमणका लागि प्रधानमन्त्री टेरेजा मेलाई लिखित रुपमा आग्रह गरिसकेको र अब सार्वजनिक रुपमा फेरि छिट्टै आग्रह गर्ने शर्माले बताए । उनले बेलायतमा नेपाली समुदायले धेरै योगदान गरिरहेको उल्लेख गर्दै अब नेपाली पनि मुलधारको बेलायती राजनीतिमा आउन सुझाए ।
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई