लन्डन । द एभरेष्ट इन नेवार्क रेष्टुरेन्टले सक्सेसफूल न्यू विजनेश अवार्ड प्राप्त गरेको छ । नेवार्क एडभरटाइजर मिडिया ग्रुपले आइतबार नेवार्कमा आयोजित एक विशेष समारोहमा उक्त अवार्ड प्रदान गरेको हो । सञ्चालन भएको एक वर्षमै अवार्ड जित्न सफल उक्त रेष्टुरेन्ट नेपाली तथा इन्डियन खानाका लागि प्रचलित छ ।
रेष्टुरेन्ट सञ्चालक भण्डारी ब्रदर्श ग्रुपका प्रवन्ध निर्देशक कमल भण्डारीले अवार्ड प्राप्त गरेपछि आभार व्यक्त गर्दै सफलता पछाडि आफ्ना समस्त ग्राहक, कर्मचारी र शुभचिन्तकहरुको उल्लेख्य योगदान रहेको बताए ।
भण्डारी ब्रदर्श ग्रुपले सञ्चालन गरेका अरु केही रेष्टुरेन्टले पनि बेलायतमा अवार्डसहित सफलता चुमिरहेका छन् । ग्रुपले बेलायतमा हस्पिटालिटी क्षेत्र बाहेक फाइनान्स र रेष्टुरेन्ट सामाग्री सप्लाइ पनि गरिरहेको छ । नेपालमा पनि हाइड्रो र बैंकिंग क्षेत्रमा लगानी छ ।
मिडियामा त्यति आउन नचाहने कमल भण्डारी सन् १९९९ मा यूके आएका हुन् । व्यवसाय अलवा समाजसेवामा पनि उत्तिकै क्रियाशील भण्डारी बेलायतका नेपाली रेष्टुरेन्ट व्यवसायीहरुबाट सञ्चालित गोल्डेन एभरेष्ट ग्रुपका अध्यक्ष समेत हुन् । उक्त ग्रुपले अहिले गोल्डेन एभरेष्ट बियर उत्पादन गरिरहेको छ भने निकट भविष्यमा अरु उत्पादन पनि गर्ने जनाइएको छ ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ