लन्डन । लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी अब म्यूजिक भिडियोमा देखिने भएका छन् । तमुधिं यूकेले वर्षेनी लन्डनमा नेपाली कला, संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजना गर्ने ‘नेपाली मेला’ मा केन्द्रित गीतमा राजदूत डा. सुवेदीले ‘गेस्ट अपिरियन्स’ का रुपमा अभिनय गरेका हुन् ।
‘भाषा, भेषभुष, कला संस्कृति जोगाउने यो हो नेपाली मेला…’ बोलको गीतमा राजदूतले मंगलबार दूतावास प्रांगणमै अभिनय गरेका थिए । कुशल श्रेष्ठको निर्देशन रहेको उक्त म्यूजिक भिडियोको गीत उद्घोषणमा अब्बल सूर्य गुरुङले लेखेका हुन् । संगीत धन गुरुङ र स्वर धन गुरुङ एवं माया गुरुङको छ । भिडियो तमुधिं यूकेले निर्माण गरेको हो । राष्ट्रिय भावनाले ओतप्रोत गीत भएर राजदूत सुवेदी अभिनय गर्न राजी भएको निर्देशक श्रेष्ठले बताए । पछिल्लो समय म्यूजिक भिडियोमा निक्कै व्यस्त देखिएका श्रेष्ठले हालैमात्र गायिका शर्मिला बर्देवाको गीतमा काम गरे भने अर्की गायिका अन्जु पन्तको गीतमा छायांकन भइरहेको छ ।
करिब ५ मिनेट लामो उक्त भिडियो तमुहरुको महान पर्व ल्होछारमा रिलिज गर्ने तयारी छ । म्यूजिक भिडियोमा पूर्व मिस यूके नेपाल गौमाया गुरुङ, गायक योगेश्वर अमात्य, मिस यूके नेपाल ०१६ का विजेताहरु टेनिसा राना, प्रशंसा लिम्बु र विभिया श्रेष्ठ, एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, विभा गुरुङ, दीपा थापा, सूर्य गुरुङ, तमुधिं यूके अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ, सुवसिंह गुरुङ लगायत छन् । भिडियोमा सबै जातजाती, वर्ग र समुदायलाई समेट्ने प्रयास गरिएको छ ।
राजदूत डा. सुवेदीलाई नेपाली कला, साहित्यमा औधि रुची छ । उनले अघिल्लो सातामात्रै बेलायतमा बनिरहेको नेपाली फिल्म ‘हयाप्पी डेज’ मा आवद्ध कलाकारहरु प्रियंका कार्की, सन्जय गुप्ता, निर्देशक मिलन चाम्स, सञ्चारकर्मी नरेश भट्टराई, निर्माता बी पी खनाल लगायत टिमलाई दूतावासमै बोलाएर रात्री भोज दिएका थिए ।
सुवेदीले नेपाली फिल्म हेर्न प्राय नछुटाउने बताउंदै आएका छन् ।
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई