लन्डन । नेपालका लागि भारतीय राजदूत राजदूत रन्जित रेलाई फिर्ता गराउन बेलायतस्थित युवाहरुले अभियान शुरु गरेका छन् । विद्यार्थी अभियन्ता गणेश खड्काको नेतृत्वमा फोटो पत्रकार एभरेष्ट गौतम लगायतले अभियानलाई बढवा दिएका हुन् । उनीहरुले अनलाइन हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउने बताएका छन् ।
संविधान संशोधन प्रस्ताव संसदमा पेश भएपछि राजदूत रेले कुटनीतिक मर्यादा विपरित नेपालको आन्तरिक राजनीतिमा प्रत्यक्ष संलग्न भएर त्यसलाई प्रभावित गर्न खोजेको, नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको लगायतका आरोप युवाहरुको छ । खड्काका अनुसार, नेपाल सरकारले भियना सन्धिको धारा ९ अन्तर्गत रेलाई पर्सोना नन ग्राटा घोषणा गरि स्वदेश फिर्ता पठाउन सक्ने विकल्प छ ।
पत्रकार एभरेष्ट गौतमले चाडै नै विदेशस्थित राजदूतावासहरुमा ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम तय भएको जनाउंदै यो विषयमा राजनीति भन्दा माथि उठी देशको सार्वभौम रक्षार्थ आफ्नो बिवेक प्रयोग गर्न सबैमा अनुरोध गरेका छन् । भारतले गत वर्ष नेपालमा नाकाबन्दी घोषणा गरेपछि त्यसको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लन्डन भ्रमणमा आउंदा आयोजना गरिएको प्रदर्शनमा उनीहरुको उल्लेख्य भूमिका थियो ।
तलको लिंकमा गएर अनलाइन हस्ताक्षर गर्न सकिने छ ।
https://www.change.org/p/government-of-nepal-deport-ranjit-ray-ambassador-of-india-for-nepal-declare-as-persona-non-grata-in-nepal
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई