लन्डन । नेपालका लागि भारतीय राजदूत राजदूत रन्जित रेलाई फिर्ता गराउन बेलायतस्थित युवाहरुले अभियान शुरु गरेका छन् । विद्यार्थी अभियन्ता गणेश खड्काको नेतृत्वमा फोटो पत्रकार एभरेष्ट गौतम लगायतले अभियानलाई बढवा दिएका हुन् । उनीहरुले अनलाइन हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउने बताएका छन् ।
संविधान संशोधन प्रस्ताव संसदमा पेश भएपछि राजदूत रेले कुटनीतिक मर्यादा विपरित नेपालको आन्तरिक राजनीतिमा प्रत्यक्ष संलग्न भएर त्यसलाई प्रभावित गर्न खोजेको, नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको लगायतका आरोप युवाहरुको छ । खड्काका अनुसार, नेपाल सरकारले भियना सन्धिको धारा ९ अन्तर्गत रेलाई पर्सोना नन ग्राटा घोषणा गरि स्वदेश फिर्ता पठाउन सक्ने विकल्प छ ।
पत्रकार एभरेष्ट गौतमले चाडै नै विदेशस्थित राजदूतावासहरुमा ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम तय भएको जनाउंदै यो विषयमा राजनीति भन्दा माथि उठी देशको सार्वभौम रक्षार्थ आफ्नो बिवेक प्रयोग गर्न सबैमा अनुरोध गरेका छन् । भारतले गत वर्ष नेपालमा नाकाबन्दी घोषणा गरेपछि त्यसको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लन्डन भ्रमणमा आउंदा आयोजना गरिएको प्रदर्शनमा उनीहरुको उल्लेख्य भूमिका थियो ।
तलको लिंकमा गएर अनलाइन हस्ताक्षर गर्न सकिने छ ।
https://www.change.org/p/government-of-nepal-deport-ranjit-ray-ambassador-of-india-for-nepal-declare-as-persona-non-grata-in-nepal
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त